कात्तिक २५, २०८०
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर बाँड्ने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिको चैत १ गते बसेको वैठकले आर्थिक वर्ष ०७५/७६ को वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत बोनस शेयर बाँड्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आउंदो साधारणसभाबाट पारित गरेर बोनस शेयर वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ३९ करोड ३४ लाख रुपैयाँ मुनाफा बराबरको १५ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड हुनेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ ।
स्थापना हुँदाको ६ करोडबाट बैंकले ११ वर्षको अवधिमा ५० गुणाले चुक्ता पुँजी बृद्धि गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए । देशभरका करीब २ दर्जन विकास बैंकमध्ये पुस मसान्तसम्मको विवरणमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नाफा शाइन रेसुंगा पाँचौं स्थानमा रहेको छ । बैंकले हाल २७ अर्ब ६५ करोड निक्षेप संकलन र २४ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको र कूल कर्जामध्ये पुस मसान्तसम्म उत्पादनशील क्षेत्रमा २६.२७ प्रतिशत र कृषि लगायत ब्याज अनुदानमा आधारित कर्जा १५.३० प्रतिशत लगानी गरेको बैंकका नायब महाप्रबन्धक सार्जन भट्टराईले जानकारी दिए ।
२०६५ फागुनमा ३ जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा गुल्मी जिल्ला कार्यक्षेत्र बनाई स्थापना भएको रेसुङ्गा विकास बैंक २०६९ सालमा मर्ज भई १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको र शाइन रेसुंगाले प्यूठान कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो ।
गत वर्ष मात्रै ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक र पांच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी गत असोजबाट एकीकृत कारोबार शुरू गरेको थियो । बैंकको अहिले प्रदेश ५ का १० जिल्ला (रोल्पा र रुकुम वाहेक) तथा प्रदेश ३ को चितवन र गण्डकी प्रदेशको बागलुङ गरी १२ जिल्लामा ७० वटा शाखा कार्यालय सञ्चालन गरिरहेको र बैंकको ग्राहक संख्या ४ लाखभन्दा बढी पुगेका बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए । बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित अन्य प्रदेशका मुख्य शहरमा शाखा कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ ।
राष्ट्रियस्तरमा स्तरोन्नति भएपनि बैंकले प्रदेश ५ लाई नै मुख्य आधार/केन्द्र बनाएर देशव्यापी शाखा विस्तार गर्ने र राष्ट्रकै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा रहेको प्रमुख कार्यकारी अधिकृत पौडेल बताउँछन् । शुरूदेखि नै इथिकल बैंकिङ, संस्थागत सुशासन र आन्तरिक नियन्त्रणलाई पारदर्शितालाई अँगालेर अघि बढेकाले फरक फरक भूगोलका ५ वटा बैंकको मर्जर सफल भएर झनै बलियो र विश्वासिलो बैंकको रुपमा अघि बढेको पौडेलले स्पष्ट पारे । हाल प्रदेश ५ मा मात्रै बैंकका ६८ वटा शाखा कार्यालय छन् ।
प्रदेश ५ मा शाखा रहेका समग्र बैंकमध्ये सबैभन्दा धेरै शाखा कार्यालय र आर्थिक कारोबार हुने बैंक पनि शाइन रेसुंगा नै हो । कूल नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा खर्च गर्नुपर्ने राष्ट्र बैंकको नीति अनुसार शिक्षा, स्वास्थ्य, सरसफाई, दुर्घटना न्यूनिकरण र बित्तीय साक्षरता बृद्धिका लागि पनि काम गर्दै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पुश्करराज जोशीले बताए ।
बैंकले केन्द्रीय कार्यालयको नयाँ पाँचतले भवन बुटवल–११ कालिकानगरमा निर्माणको अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...