२६ जेठ २०८३, मंगलबार

दुर्घटनामा मोटरसाइकल चालक श्रेष्ठको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालक श्रेष्ठको मृत्यु

मध्यपुरथिमि नगरपालिका–३ कौशल्टार ६ लेन सडकमा आज एक स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कोटेश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००९ प. ०३५९ नंको स्कुटरलाई ओभरटेक गर्ने क्रममा कौशल्टारमा बा. ५८ प. १६७७ नंको अर्को मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक पनौती नगरपालिका–१२ रोशी बस्ने २२ वर्षीया सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक श्रेष्ठ घाइते भई नागरिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

प्रहरीले स्कुटर चालक मध्यपुर थिमि नगरपालिका–८ बोडे बस्ने १८ वर्षीया इशा ढेकेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्