फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौं उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको छ ।
गत साता सोह्रखुट्टे–बालाजु सडकखण्डमा कालोपत्र थप्ने काम (ओभरले) भएको थियो । गत साता नै ललितपुरको पुल्चोकलगायत स्थानमा आवधिक मर्मतको काम भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार उपत्यकाका तीनै जिल्लामा खाल्डा पुर्ने र ‘ओभर ले’ को काम अघि बढेको हो ।
मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपत्यकाका सडक खाल्डा पुर्ने कामलाई विशेष ध्यान दिएको देखिन्छ । गत वर्ष जेठको अन्तिम वा असार महिनामा हतारमा सडकमा काम हुने देख्दै आएका उपत्यकावासी पनि अहिले दोस्रो चौमासिकमा भएको काम देखेर अचम्ममा पर्न थालेका छन् ।
काठमाडौं जिल्लामा अहिलेसम्म झण्डै २० किलोमिटर सडकमा कालोपत्र थप्ने काम सकिएको छ । आवधिक मर्मतअन्तर्गत उपत्यकाका मुख्य र भित्री भागका सडकमा गरी कालोपत्र भइरहेको छ । यस वर्ष ४१ किमी सडकमा कालोपत्र थप्ने योजनानुसार झण्डै ५० प्रतिशत काम सम्पन्न भएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ ।
कुनै पनि सडकको आयु सीमित वर्ष मात्रै हुने भएकाले सडकमा यस किसिमको मर्मत गर्नुपर्ने डिभिजन प्रमुख कुबेर नेपालीले बताए । आमनागरिकले खाल्डा नभएको सडकमा मर्मत गरेको भनेर गलतरूपमा बुझ्ने गरेको उनले बताए । उनले भने, 'सडकमा खाल्डा पुर्नुभन्दा पहिले नै सम्भावित स्थानमा कालोपत्र एक दिनपहिले हुँदा पनि धेरै रकम बचाउन सकिन्छ ।'
डिभिजनले उपत्यकाका मुख्य र सहायक सडकमा गरी आवधिक मर्मत गरिरहेको छ । ‘ओभर ले’ र खाल्डा पुर्ने काम यही महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको प्रमुख नेपालीले बताए । उपत्यकाका तीनै जिल्लामा एकैपटकमा मर्मतको काम भइरहेकाले आवश्यक सामग्री पनि पर्याप्त नहुने उनले बताए ।
काठमाडौं जिल्लामा मुख्य र कतिपय सहायक सडकमा पनि सवारीसाधनको चापका कारण काम गर्ने अवस्था छैन । रातमा काम गर्दा बढी लगानी लाग्ने भए पनि यही समयमा काम गर्नुपर्ने बाध्यता छ । उनले भने, 'कतिपय स्थानमा रातमा समेत सवारीसाधनको चाप हुँदा एकातर्फ काम गर्ने र एकातर्फ सवारीसाधन चल्न दिइने गरिएको छ ।'
काठमाडौं उपत्यकाका खाल्डाखुल्डीमा यस वर्ष प्रधानमन्त्रीदेखि विषयगत मन्त्रालयले समेत चासो देखाएको पाइन्छ । प्रधानमन्त्रीका विकास समन्वय सल्लाहकार गजेन्द्र थपलियाले दैनिक काम भइरहेका सडक पुगेर अनुगमन गर्दै आएका छन् । मन्त्री नेम्वाङ, सचिव देवेन्द्र कार्की र सडक विभागका महानिर्देशक केशवकुमार शर्मा विभिन्न सडकमा पुगेर अनुगमन गर्दै आएका छन् ।
सडक मर्मत र खाल्डा पुर्ने काम डिभिजनको नियमित काम भए पनि माथिल्लो तहबाट चासो देखाइँदा काममा अझै सहजता हुने प्रमुख नेपालीले बताए । उनले भने, 'निर्माणका क्रममा कुनै पनि समस्या आउँदा तत्काल समाधान गर्न सकिन्छ र त्यो तहबाट चासो हुँदा स्रोतको कमी हुँदैन ।'
सडक बोर्ड नेपालले देशभरका सडक मर्मतका लागि बजेट सुनिश्चित गर्दै आएको छ । गत वर्षभन्दा यस वर्ष बोर्डले उपत्यकाको सडक मर्मतका लागि बढी रकम विनियोजन गरेको छ । यस वर्ष काठमाडौंको सडक मर्मतका लागि बोर्डले रु एक अर्ब ५० करोड विनियोजन गरेको छ । डिभिजनको मुख्य जिम्मेवारी सडकको मर्मत भए पनि सडक विभागले नयाँ निर्माणमा समेत काम गर्दै आएको छ ।
चालू आवमा काठमाडौं डिभिजनले झण्डै ५० किमी नयाँ सडक निर्माण गरिरहेको छ । थोरै लम्बाइका सडकका लागि आयोजना कार्यालय स्थापना गर्नुभन्दा डिभिजनमार्फत नै काम भइरहेको छ ।
निर्माण व्यवसायी पनि सडक मर्मतभन्दा निर्माणमा आकर्षित हुने प्रमुख नेपालीले बताए । मर्मतको कामलाई धेरैले झन्झटिलो कामका रूपमा लिने गरेका छन् । कतिपय स्थानमा डिभिजन आफैँले भएका जनशक्ति र उपकरणको प्रयोग गरेर मर्मत गरिरहेको छ भने कतिपय स्थानमा निर्माण व्यवसायीमार्फत काम भइरहेको छ ।
त्यस्तै सार्वजनिक खरिद ऐनले पनि ठाउँठाउँमा खाल्डा पुर्ने काम गराउन कठिन भएको उनले बताए । उनले भने, 'रु दुई करोडभन्दा कमको काममा योग्यता नचाहिने हुँदा जोकोहीले पनि ठेक्का पाउने सम्भावना छ ।'
मन्त्री नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको अवसरमा तीन महिनामा उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको बताएका थिए ।
हिउँदमा कालोपत्र गरिने समय नभए पनि उक्त अवधिमा उपत्यकाको मुख्य क्षेत्रका २७ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको छ ।
उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको काम पनि अघि बढिरहेको छ । सञ्चिता घिमिरे/रासस
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...