एकैदिन १५ सय रुपैयाँले घट्यो सुनको भाउ

नेपाली बजारमा सुनको मूल्य एकैदिन १ हजार ५ सय रुपैयाँले घटेको छ ।

बिहीवार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाल सुन ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

यस्तै बिहीवार तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार, बिहीवार चाँदीको मूल्य प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार भने चाँदी ७ सय  १० रुपैयाँमा काराबोर भएको  थियो । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्