×

NMB BANK
NIC ASIA

कोरोनाका कारण राज्यव्यवस्था समिति बैठक स्थगित

चैत ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि छलफलका लागि आज बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगन भएको छ । 

Muktinath Bank

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको निर्णयानुसार २५ जनाभन्दा बढी भेला हुन नहुनेमा सहभागी सङ्ख्या बढी भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि आजको बैठक केहीबेर चलेर स्थगन गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले बुधबार गरेको निर्णय नं ३ मा अत्यावश्यक काम बाहेक आवातजावत हिँडडुल नगर्न, सांस्कृतिक, सामाजिक कार्यक्रमहरु नगर्न र त्यस्तै कार्यहरु पार्टी प्यालेस, मठ–मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने र उक्त विषयको अनुगमन गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

बैठकको शुभारम्भमै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारको उच्चस्तरीय समन्वय समितिले समेत रोगको रोकथामका लागि भनेर भेला हुन रोक लगाएको अवस्थामा बैठक बसिरहनुको औचित्य नहुने बताएका थिए ।

Vianet communication
Laxmi Bank

समितिका सभापति शशी श्रेष्ठले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पूर्व निर्धारित कार्यक्रम भएको र संसद् स्थगित नभएको अवस्था रहेको भन्दै बैठक सञ्चालन गरेकी थिइन् ।

त्यसपछि उक्त विधेकमाथि संसोधन प्रस्ताव प्रस्तुत गर्ने नेपाली कांग्रेसका सांसद पुष्पा भुषाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विन्दा पाण्डेले संशोधन प्रस्ताव राख्नुको कारणबारे समितिमा जानकारी गराएका थिए ।

उनीहरूले गम्भीर प्रकृतिको विधेयक भएकाले विधेयकको हरेक दफाको छलफल गर्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए ।

समितिको बैठकमा ४० जना भन्दा बढी भएपछि फेरि जरुरीको विषय भन्दै सांसद बडूले बैठक सञ्चालन गरिरहँदा सरकारको निर्णय विरुद्ध हुने भन्दै पुनः समितिको ध्यानाकर्षण गराएका थिए ।

उनको भनाइमा अन्य केही सांसदहरूले समर्थन जनाएका थिए । त्यसलगत्तै समिति सभापति श्रेष्ठले बैठक स्थगन भएको घोषणा गरिन् ।

उक्त विधेयक विसं २०७६ वैशाख ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो । राष्ट्रियसभाको प्रतिवेदनसहित विधेयक प्रतिनिधिसमामा दफावार छलफलका लागि आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x