कोरोनाका कारण फोन पेले स्थगित गर्‍यो दुबई उड्ने अफर

कोरोना भाइरसका कारण फोन पेले ‘पैसा लिने र तिने, दुबई उड्ने’ योजना तत्कालका लागि स्थगित गरेको छ । 

११ हप्तासम्म सफलरूपमा सम्पन्न आयोजना तत्कालका लागि स्थगित गरेको फोन पेले जनाएको छ । २ जनवरी २०२० देखि शुरू भएको यस उपहार योजनामा हालसम्म चार जनाले दुबई ट्रिप, २२ जनाले २५ हजार रूपैयाँ बराबरको स्मार्ट फोन, दैनिक उपहार योजना अन्तर्गत ३ सय ८५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका छन् भने ३ सय ८५ जना मर्चेन्टले आकर्षक उपहार प्राप्त गरेका छन् । 


Advertisement

विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेकोे निर्देशन अनुसार फोन पे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका लागी यस उपहार योजना तत्कालका लागी स्थगित गरेको छ । 

स्वास्थमा पर्ने जोखिमलाई मध्यनजर गर्दै दुबई भ्रमण ट्रिप जित्ने विजेतालाई समेत वर्तमान विकराल अवस्था नियन्त्रणमा आएपछि मात्र भ्रमण गराइने फोन पेले जनाएको छ ।


Advertisement

अन्य सेवा तथा सुविधा निरन्तर रूपमा पूर्ण क्षमताका साथ जारी रहने बताइएको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्