×

NMB BANK
NIC ASIA

विराटनगरमा राजस्व संकलन घट्यो

चैत ६, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा कूल २१ अर्ब ३० करोड ४२ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

यो लक्ष्यको तुलनामा ३६ प्रतिशतले कमी हो । सो अवधिमा कार्यालयले ३३ अर्ब ३३ करोड ४८ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यअनुसार राजस्व संकलन नहुनुका प्रमुख कारण आयात घट्नु रहेको भन्सार कार्यालयले जनाएको छ । उक्त अवधिमा लगभग २५ प्रतिशत आयात घटेको सो कार्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालयका अनुसार सो अवधिमा भन्सार महसुलतर्फ ८ अर्ब ७१ करोड ६२ लाख ७७ हजार, मूल्य अभिवृद्धिकरतर्फ ११ अर्ब २८ करोड ३९ लाख ५९ हजार, अन्तःशुल्कतर्फ १ अर्ब ३० करोड ४० लाख ३० हजार र अन्य (आरसीएफ र आरडीएफ) तर्फ ५४ करोड ६२ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 


Advertisment
Nabil box
Kumari

आगामी असारसम्ममा कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य कार्यालयको छ । वर्तमान अवस्थाको असुलीलाई नियाल्दा कुनै पनि हालतमा लक्ष्य हासिल गर्न नसकिने र यसका प्रमुख कारण आयात घट्नु रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनले एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आएपछि भन्सार असुली वृद्धि भइरहेको बताए । पुस महिनामा २ अर्ब १९ करोड २४ लाख १९ हजार राजस्व संकलन भएको थियो भने फागुनमा ३ अर्ब ४ करोड ८१ लाख ९६ हजार राजस्व संकलन हुनु सकारात्मक संकेत देखिएको उनले बताए ।

प्रमुख भण्डारीले माघको दोस्रो साता सञ्चालनमा आएको यो चौकीले गर्दा लक्ष्यको तुल्नामा माघमा ७६ दशमलव २७ प्रतिशत, फागुनमा ७६ दशमलव ८४ प्रतिशत राजस्व असूली भएको हो । यसअघि पुसमा ५६ दशमलव ६२ प्रतिशत र मंसिर महिनामा ६२ दशमलव २२ प्रतिशत राजस्व असुली भएको उनले जानकारी दिए ।

अहिले कोरोना भाइरसका कारण चीनबाट आउने सामानको आयात घटेकाले भन्सार राजस्व घट्नु स्वाभाविक भएको भन्दै उनले चैत महिनामा पाँच दिनमा ४६ करोड २४ लाख १० हजार मात्र राजस्व संकलन भएको प्रमुख भण्डारीले बताए ।

चैतमा ३ अर्ब ७४ करोड ७३ लाख ९२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले सो अवधिमा ९६ प्रतिशत प्रगति हुने अनुमान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x