×

NMB BANK
NIC ASIA

२१औं शताब्दीको भयानाक संकट कोरोना : सरकारी निर्देशन मानाैं, धैर्यता र संयमता अपनाऔं !

चैत ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अंग्रेजी वर्ष सन् २०१९ को अन्तिम दिन चीनमा पहिलोपटक भेटिएको र पछि कोभिड– १९ नाम दिइएको कोरोना भाइरसको संक्रमणले विश्वलाई शिथिल बनाइदिएको छ ।

Muktinath Bank

विश्वमा सन् १९४५ को विश्वयुद्ध पछिको जस्तै अवस्था सिर्जना भएको छ । यसले विश्वमा आर्थिक मन्दीको अवस्था आउने खतरा छ । यसका बहुआयामिक असर दीर्घकालसम्म पर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरस पत्ता लागेको ८२ दिनसम्म यसको औषधि पत्ता लागेको छैन । कालो बादलभित्र चाँदीको घेरा भनेजस्तै यो विपत्तिको समयमा एउटा सकारात्मक कुरा भनेको जहाँबाट यसको उत्पत्ति भएको थियो त्यहाँ (चीनको वुहान)मा यो नियन्त्रणमा आएको छ । यो नागरिकको अनुशासनका कारण सम्भव भएको हो ।


Advertisment
Nabil box
Kumari

कोरोनाको एउटा मामुली भाइरसले आज विश्व समुदायलाई थल्याएको छ । मानव सभ्यतामा विश्वमै अगाडि रहेका युरोपेली मुलुकमा यसको असर झन गहिरो ढंगले परेको छ । परिस्थिति नियन्त्रणबाहिर जाँदा चीनमा भन्दा युरोपको एउटा मुलुक इटालीमा धेरै मानिसको मृत्यु भइसकेको छ, शुक्रवारसम्म । 

Vianet communication
Laxmi Bank

विश्व महाशक्ति राष्ट्र अमेरिका, स्वास्थ्य क्षेत्रमा अब्बल मानिएका युरोपेली मुलुक पनि यसबाट अछुतो रहन सकेका छैनन । सुखद् मान्नुपर्छ, नेपालमा अहिलेसम्म त्यस किसिमको महामारी फैलिएको छैन । संक्रमण देखिएका एकजना पनि निको भइसकेको भनिएको छ ।

हामी खतराको डिलमा छांै, हाम्रो पूर्वतयारी र सचेतनाले हामी यो महामारीको असरबाट बच्ने छौं । खुला सीमा रहेको भारतमा यसको संक्रमण फैलिसकेको अवस्थामा हामीले धेरै सतर्कता अपनाउनु जरुरी छ ।

स्कूल कलेज, बन्द गर्ने तथा २५ जना भन्दा बढी भेला नहुने भनेर सरकारले निर्णय गरिसकेको छ । अझै केही कडा कदमहरू पनि चाल्ने मनस्थितिमा सरकार रहेको बुझ्न सकिन्छ ।

केही ढिला भएपनि सरकारले लिएका कदम सकारात्मक छन् ।

विपद्को यस्तो अवस्थामा सरकारले लिएका निर्णय कार्यान्वयन गर्नु आम नागरिकको कर्तव्य हुन आउँछ । 

विपद्को व्यवस्थापनका सन्दर्भमा जापानको अनुभव विश्व समुदायका लागि उनुकरणीय हुन सक्छ । सन् २०११ को मार्चमा आएको सुनामीले फुकुसिमा आणविक भट्टीमा क्षति पुर्‍याएपछि विद्युत् उत्पादनमा असर गर्‍यो । विद्युत् आपूर्ति रोकिएपछि सरकारले जनतासँग विद्युत् उपयोग कम गर्न आग्रह गर्‍यो । 

जनताहरूले सरकारले गरेको आग्रहलाई यसरी समर्थन गरे कि विद्युत् सरप्लसको अवस्था सिर्जना भयो । विद्युत् आपूर्ति सहज भयो ।  

जननिर्वाचित संस्था संसद्का गतिविधि बन्द भएका छन् । १५दिनका लागि अदालतहरू लगभग बन्द भएका छन् । यतिसम्म कि दुर्लभै बन्द हुने साप्तातिक पत्रिकाहरू बन्द हुने अवस्था आएको छ । यो अवस्था नेपालका लागि २०७२ सालमा गएको विनासकारी भूकम्पको समयभन्दा पनि कहालीलाग्दो अवस्था हो ।

नेपालको सरकार जापानको जस्तो छैन, तर नागरिकहरू एक दकम अगाडि बढेर सरकारले गरेको आह्वानलाई पूर्ण समर्थन गरौं न । अप्ठयारो परिस्थिति सिर्जना भयो भने अत्यावश्यकीय सेवाहरू जस्तै टेलिफोनको नेटवर्क धेरै व्यस्त नगरिदिने, विद्युत् खपतमा ध्यान दिने आदि । सरकारले भन्यो भने घरबाट बाहिर ननिस्किने र सरकारले भने अनुसारका स्वास्थ्य सावधानी अपनाऔं । 

कोरोनाले सिर्जना गरेको संकट विश्वकै लागि संकट हो, ढिलो चाँडो यो महामारीको अन्त्य पक्कै हुनेछ । विश्व नै भयानक संकटमा फसेको यो अवस्थामा धैर्यता र संयमता अपनाउनुको विकल्प रहेन । यो महामारीबाट विश्वले छिट्टै मुक्ति पाओस् भन्ने कामना गरौं ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x