×

NMB BANK
NIC ASIA

कोरोना विरुद्धको सतर्कता : क्विक रेपिड रेस्पोन्स टोली गठन

चैत ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिका तीव्र तयारीमा जुटेको छ ।     

Sagarmatha Cement
Muktinath Bank

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा जनप्रतिनिधि, सरकारी स्वास्थ्य केन्द्रका प्रमुख, मध्यपुरथिमिभित्र रहेका सबै अस्पतालका प्रतिनिधि एवं स्वास्थ्यकर्मीसमेतको आकस्मिक बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना सङ्क्रमण (कोभिड–१९) को जोमिखलाई ध्यान दिँदै नगरपालिकाले स्वास्थ्य सङ्कटका बेला परिचालन गर्न क्विक रेपिड रेस्पोन्स टोली तयार पारेको छ । अस्पतालका डा दीक्षा न्यौपाने र डा विजयकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको टोली तयार पारिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
 
टोलीले सम्भावित कारोना सङ्क्रमितको स्वास्थ्य परीक्षणलगायतका बारेमा आवश्यक कार्ययोजना बनाएर सुरक्षितरूपमा सेवा दिने गरी काम गर्नेछ । त्यस्तै नगरपालिकाले नगरभित्र रहेका सबै स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संस्थामा कसैलाई पनि अत्यावश्यक अवस्थाबाहेक बिदा नदिने निर्णय गरेको छ ।


Advertisment
Nabil box
Kumari

नगरप्रमुख श्रेष्ठले भने, 'नगरपालिकाले नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा छ श्ययाको आइसोलोसन वार्ड, भेन्टिलेटरसहितको दुई श्ययाको आइसीयू तयार पारेका छौँ, डेण्टल र फिजियोसेन वार्ड राख्न बनाएको नयाँ भवनको दुवै तलालाई आवश्यकता पर्दा तत्कालै ३० श्ययाको आइसोलेसन वार्ड बनाउने गरी तयारी अवस्थामा राखेका छौँ, बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रको ५० जना क्षमता रहेको सुविधासम्पन्न आवासीय भवनलाई क्वारेन्टाइन बनाउने भएका छौँ ।'

Vianet communication
Laxmi Bank

उनले क्वारेन्टाइनका लागि बैंकसँग कुरा भइसकेको, नगरपालिका एवं वीर दल गणका गणपति शिव पौडेलसहितको टोलीको अनुगमनले उपयुक्त ठह¥याएपछि त्यसलाई ५० जना क्षमताको क्वारेन्टाइन बनाउने निर्णय भएको बताए। नगरपालिकाले जनचेतनाका लागि ५० हजार पर्चा वितरण गरेको छ भने नयाँ एम्बुलेन्सलाई कोरोना आशङ्का गरिएका वा सङ्क्रमितका बिरामी मात्रै बोक्ने गरी तयारी अवस्थामा राखेको छ । एम्बुलेन्सलाई किटाणुमुक्त बनाउने र एम्बुलेन्स चालकसँग बिरामीको सम्पर्क नहुने गरी तयार पारिएको छ ।
 
त्यस्तै कोरोना भाइरस भए÷नभएको परीक्षण गर्न सक्ने ‘पोलिमराइज चेन रिएक्सन’ (पिसीआर) मेसिनसहित नगरपालिकाले ल्याब स्थापना गरेको छ । नगरपालिकाले आफ्नो अस्पतालमा नौ सेट कोरोना सङ्क्रमित बिरामीको उपचारमा लगाइने पोशाक पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपीइ) ल्याएर त्यो लगाउने र उपचार गर्नेबारेमा स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको छ । नगरभित्र सञ्चालित अस्पताललाई मास्क, सेनेटाइजर, ज्वरो नाप्ने थर्मल गन, पिपिइ अर्थात् पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट पोशाक, पिपी नाइन्टिनाइन मास्क वितरण गर्ने भएको छ । 

आकस्मिक बैठकमा सहभागी मध्यपुरथिमिभित्रका अस्पतालका प्रतिनिधिलाई नगर प्रमुख श्रेष्ठले आइसोलेसन वार्ड तयारी राख्न निर्देशन दिँदै भने, 'मास्क, सेनिटाइजर, थर्मलगन, पिपिइलगायतका अत्यावश्यक सामग्री हामीले मगाइरहेका छौँ, आउनेबित्तिकै यहाँका अस्पताललाई वितरण गर्छौँ, सबै अस्पतालमा वार्ड तयारी अवस्थामा राख्नुस् ।' सङ्कटको अवस्थामा सरकारको मात्रै मुख ताकेर बस्न नहुने बताउँदै उहाँले सम्भव भएसम्मको. तयारीमा जुट्न सबै अस्पताललाई निर्देशन दिए। 
    
कार्यक्रममा मध्यपुर अस्पतालका डा रविना प्रधानाङ्गले चार श्यया, नागरिक कम्युनिटी अस्पतालका नर्सिङ इन्चार्ज सुन्दरी प्रधानले तीन श्ययाको आइसोलेसन तयार पारेको बताउँदै मास्क, स्यानिटाइजर, ग्लोभ्स, पिपीइ केही पनि नभएकाले शङ्कास्पद बिरामी आए उपचार गर्न सक्ने अवस्था भने नरहेको बताउनुभयो । नगरपालिकाले केही मास्क दुवै अस्पताललाई प्रदान गरेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x