×

NMB BANK
NIC ASIA

क्षयरोग परीक्षण गर्ने मशिन बिग्रिँदा बिरामीलाई समस्या, चेकजाँच नगरी घर फिर्ता

चैत ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरीको भंगहा नगरपालिका–६ मजराकी २४ वर्षीया समिदा खातुन चैत्र ७ गते धनुषा स्वास्थ्य कार्यालय पुगिन् । ९ महिनाको बच्चालाई काखमा बोकेर उनी त्यहाँ क्षयरोगको जाँचका लागि पुगेकी थिइन् ।

Muktinath Bank

उनलाई चिकित्सकले ४ महिनाअघि नै क्षयरोग भएको भनेर पुष्टि गरेपछि उपचारकै क्रममा औषधि समेत सेवन गरिरहेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्षयरोग छ/छैन, ठीक भयो/भएन, औषधिको मात्रा बढाउनुपर्ने हो कि घटाउनुपर्ने भनेर यकिन गर्न उनलाई चिकित्सकले फेरि पनि खकारको जाँच गराएर ल्याउन भनेका छन् तर बालकलाई काखमा बोकेर गएकी खातुनले खकारको परीक्षण नै गराउन पाइनन् ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य कार्यालय पुगेपनि क्षयरोग जाँच्ने यन्त्र नै बिग्रेका कारण उनलाई बिना परीक्षण नै फिर्ता पठाइदियो ।

Vianet communication
Laxmi Bank

महोत्तरीको भङ्गहा नगरपालिकाकै हतिसर्वाका इब्रान नदाफ पनि आफ्नो ५ महिने नातिलाई लिएर क्षयरोग परीक्षणका लागि अस्पताल पुगेका थिए । ५ महिने बालकलाई क्षयरोगको लक्षण देखिएको भन्दै खकार परीक्षण गराएर ल्याउन भन्दै स्वास्थ्य कार्यालयमा पठाएका छन् तर उनी पनि नातिको खकार परीक्षण नै नगराएर घर फिर्ता भए ।

‘जाँच्ने मशिन नै खराब छ, अन्यत्र जानुस् भनेर जाँच्ने मानिसले फिर्ता पठाइदिए,’ नदाफले लोकान्तरसँग भने, ‘अब म कहाँ जाउँ, काठमाडौं जाने स्रोतसाधन नै छैन । कोरोनाको त्रासले काठमाडौंका मान्छे गाउँ फर्किरहेका छन्, कसरी जाँच गर्ने ?’

यी २ वटा बिरामी प्रतिनिधिमूलक पात्र हुन् । दैनिकजसो २० देखि २५ वटासम्म क्षयरोगका लागि जँचाउन आउने बिरामी त्यहाँबाट परीक्षण नै नगराएर फिर्ता हुन बाध्य छन् । २०७६ पुस २० गतेदेखि नै क्षयरोग जाँच्ने मशिन बिग्रेका कारण परीक्षण रोकिएको स्वास्थ्य कार्यालय धनुषाका ल्याब टेक्निसियन संजय मण्डलले बताए ।

‘क्षयरोग जाँच्ने मशिन पोलिमिरेज चेन रिएक्सन ‘पिसीआर’ बिग्रेको छ,’ मण्डलले भने, ‘मशिन नै बिग्रेका कारण कुनै पनि बिरामीको खकार परीक्षण हुन सकेको छैन ।’ 

क्षयरोग जाँच्ने मशिन धनुषाका ४ ठाउँमा छ । प्राथमिक स्वास्थ्य केन्द्र सबैला, प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहा, ढल्केवर हेल्थ पोस्ट र स्वास्थ्य कार्यालय धनुषामा मशिन छ तर चारै ठाउँको मशिन बिग्रेको अवस्थामा रहेको अर्का ल्याब टेक्निसियन सुमितकुमार पाण्डेले बताए ।

नेपाल क्षयरोग नियन्त्रण केन्द्र काठमाडौंमा जिन एक्सपर्ट हेर्ने कृष्ण अधिकारी, सरला खड्का समेतलाई मशिन बिग्रेको भनेर जानकारी समेत गराएको ल्याब टेक्निसियन मण्डलले बताए तर सरकारलाई हस्तान्तरण नै नगरिएका मशिन मम्र्मतसम्भारका लागि खर्च गर्न नमिल्ने भन्दै जवाफ दिएका कारण समस्या भएको उनले बताए ।

चालू आर्थिक वर्षको मंसिर महिनासम्म मशिन सञ्चालन भएको अवस्थामा स्वास्थ्य कार्यालय धनुषामा ६०८ जनाको परीक्षण गरिएको थियो । गत आर्थिक वर्षमा २ हजार २४८ जनाको क्षयरोगको परीक्षण गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x