×

NMB BANK
NIC ASIA

कोरोनालाई हराउन लकडाउन मात्र छैन पर्याप्त, यस्तो विधि पनि अपनाए विभिन्न मुलुकले

चैत १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

छिमेकी मुलुक भारतमा कोरोनाभाइरसका केसहरू बढिरहँदा नेपालमा पनि चिन्ताको स्थिति देखिएको छ । 

Muktinath Bank

भारतमा जनता कर्फ्यु चल्दै गर्दा आधा जति भागमा लकडाउन गरिएको छ । अर्थात् अत्यावश्यक सेवा बाहेक सबै कुरा बन्द गरिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रश्न उठ्छ, लकडाउन मात्रले कोरोनभाइरससँग लड्न सकिन्छ त ?


Advertisment
Nabil box
Kumari

विश्व स्वास्थ्य संगठनको कुरा सुन्ने हो भने कोरोनाभाइरस रोक्नका लागि लकडाउन मात्र पर्याप्त छैन । यस ज्यानमारा भाइरसलाई परास्त गर्न अन्य मुलुकले लकडाउन बाहेक अन्य के काम गरे भन्ने जान्नु जरूरी छ । 

Vianet communication
Laxmi Bank

चीनपछि दक्षिण कोरियामा कोरोना संक्रमणको केस ह्वात्तै बढेको थियो तर उसले त्यति नै तीव्र गतिमा कोरोनाभाइरसको परीक्षण किट बनायो । लगभग तीन लाख मानिसको परीक्षण गरियो । अहिले पनि त्यहाँ दिनदिनै लगभग १० हजार मानिसलाई सित्तैमा परीक्षण गरिँदैछ । 

दक्षिण कोरियाले टेस्ट किटको व्यापक उत्पादन पपनि शुरू गरेको छ । 

सिंगापुरमा सीसीटीभीको सहायता लिएर ६ हजारजनालाई ट्रेस गरिएको छ । ती व्यक्तिहरू संक्रमित व्यक्तिको सम्पर्कमा हुन सक्ने आशंका थियो । 

सिंगापुरमा जसलाई आइसोलेसनमा बस्न भनिएको छ, तिनलाई दिनमा धेरैपटक सम्पर्क गरेर फोटो मगाइन्छ । यसबाट उनीहरू कहाँ छन् भन्ने थाहा हुन्छ । आइतवारसम्म सिंगापुरमा कोरोनाको ४३२ केस आएका छन् र दुईजनाको मृत्यु भएको छ । 

उता हङकङमा कुनै संक्रमित व्यक्तिमा लक्षण देखिनुभन्दा दुई दिन अघिसम्म उसको सम्पर्कमा रहेका व्यक्तिलाई पनि ट्रेस गरिने गरेको छ । हङकङमा विदेशबाट आएका व्यक्तिले हातमा विद्युतीय ब्रासलेट लगाउनुपर्ने हुन्छ र त्यसले उनीहरूको गतिविधि ट्य्राक गर्छ । 

संसारभरि कोरोनाभाइरसका जति पनि केस आएका छन्, ती विदेशयात्रा गरेका मानिसमा पहिला देखिएको हो । 

एकातर्फ केही देशले कोरोनाभाइरसविरुद्ध समयमै सतर्कता अपनाए भने अमेरिका जस्ता देश चाहिँ पछि परे । अमेरिकामा परीक्षण नै निकै ढिलो गरियो । निजी प्रयोगशालामा गरिएका परीक्षणलाई स्वीकृति दिन ढिलाइ गरियो ।

धेरै मानिसले महंगो परीक्षण नै गराउन सकेनन् । अमेरिकामा आइतवारसम्म कोरोनाको १५ हजारभन्दा बढी केस देखिएका छन् र २०० भन्दा बढीको मृत्यु भइसकेको छ । 

कोरोनाबाट बच्नका लागि लकडाउन मात्र पर्याप्त छैन, परीक्षण गर्नु पनि जरूरी छ । अनि विदेशबाट आएका प्रत्येक व्यक्तिको पहिचान गर्नुपर्छ । कोरोना संक्रमित वा कोरोनाको आशंका गरिएका व्यक्तिको सम्पर्कमा आएका सबैलाई पहिचान गर्नुपर्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x