कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड १९ (कोरोना) भाइरससँग जुध्ने पूर्वतयारी स्वरूप सरकारले ७० वर्षको उडान इतिहास बोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एक साताका लागि विमानस्थलमा उडान र अवतरण रोक्ने निर्णय गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले निर्णय नै गरेर अहिलेसम्म बन्द गरेको थिएन । नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक त्रिलोचन पौडेलले विमानस्थल पहिलोपटक बन्द भएको बताए ।
‘यसअघि सरकारले नै निर्णय गरेर विमानस्थल बन्द भएको थिएन,’ पौड्यालले लोकान्तरसँग भने, ‘बीचमा कहिलेकाहीँ प्राविधिक कारणले बन्द गर्नुपर्ने अवस्था आएको थियो तर सरकारले अन्तर्राष्ट्रिय उडानहरू नै निषेध गरेको पहिलोपटक हो ।’
भूकम्प, नाकाबन्दी जस्ता ठूला राष्ट्रिय विपत्तिहरूमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थिएन । विश्वव्यापी रूपमा महामारी बनेर फैलिरहेको तर नेपालमा पनि भेटिएको कोरोना भाइरसका कारण सरकारले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको हो ।
अन्तर्राष्ट्रिय सीमानाका पनि बन्द
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका सबै विदेशी सीमा नाका १ हप्ताका लागि बन्द गर्ने निर्णय गर्यो । बैठकमा निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले एउटा देशमा भएको भाइरस अर्को देशमा संक्रमण नहोस् भनेर सीमा बन्द गर्ने निर्णय गरिएको बताएका थिए ।
‘एउटा देशमा भएको संक्रमण अर्को देशमा नसरोस् भनेर छिमेकी मुलुकको समेत हितलाई ध्यानमा राखेर चैत १० गते बिहान १० बजेदेखि १ हप्ता चैत १६ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमाका सबै प्रवेश नाकामा यात्रा आवागमन निषेध गर्ने निर्णय भएको छ,’ खतिवडाले भने ।
तीन दिशामा भारतसँग १ हजार ७ सय ५१ किलोमिटर खुला सीमा रहेको नेपालको उत्तरमा चीनसँग १ हजार ४ सय १४ किलोमिटर सीमा रहेको छ । सरकारले दुवै सीमाबाट मानिसहरूको आवागमन रोक्ने हिसाबले सीमा नाका बन्द गरेको हो ।
नेपाल र भारतबीच ५ सय भन्दा बढी आउजाउ गर्ने नाकाहरू छन् । दिनहुँ हजारौंको संख्यामा मानिसहरू आउजाउ हुने नाकाहरू अहिले ठप्प भएको ससस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले लोकान्तरलाई बताए ।
‘केही सीमा नाकाहरूमा उताबाट यता आउन मान्छे जम्मा भइरहेको र केहीमा यताबाट उता जाने मान्छेहरू जम्मा भइरहेको जानकारी आएको छ,’ प्रवक्ता श्रेष्ठले लोकान्तरसँग भने, ‘तर हामीले आवत जावत रोकेका छौं । चीनतिरका नाकाहरू पनि अहिले बन्द छन् ।’ उनले सामानहरू भने भन्सार नाकाहरूबाट आउने जाने भइरहेको बताए ।
आजै मात्र ४ अन्तर्राष्ट्रिय उडान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार मात्र ४ अन्तर्राष्ट्रिय उडान हुँदैछन् ।
नेपालमा रहेका विदेशी नागरिकलाई लैजानका लागि आज केही अन्तर्राष्ट्रिय उडान हुने भएका हुन् । उताबाट यात्रु ल्याउन नपाइने भएपनि यताबाटै लैजान भने सरकारले छूट दिएको छ ।
पहिलो उडान कतार एरलाइन्सको छ भने अन्य ३ उडान रहेको जानकारी प्राप्त भएपनि तिनीहरूबारे विस्तृत विवरण उपलब्ध नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रामकृपाल साहले लोकान्तरलाई बताए ।
'आज ४ वटा उडानको शेड्युल आएको छ,' साहले लोकान्तरसँग भने, 'पहिलो त कतार एयरलाइन्सको छ, अन्य कुन–कुन भन्ने विस्तृत जानकारी गराइएको छैन ।'
विमानस्थल स्रोतका अनुसार कतार एयरवेजका २ वटा, सिल्क एयरलाइन्सको एउटा र इत्तेहाद एयरलाइन्सको एउटा उडान हुन लागेका छन् ।
पूरै बन्द होइन – राजन पोखरेल, महानिर्देशक नागरिक उड्ययन प्राधिकरण
अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिएको भनिएतापनि विमानस्थल पूरै बन्द नहुने नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताएका छन् ।
‘यो कम्प्लिट शटडाउन होइन,’ पोखरेलले लोकान्तरसँग भने, ‘अन्तर्राष्ट्रिय प्यासेन्जर एराइभलका लागि मात्र शटडाउन हो । विदेशबाट आउने नेपाली अथवा विदेशी जो सुकै होस्, उसलाई ल्याउन प्रतिबन्ध लगाइएको हो । अब एक हप्ताका लागि यात्रु लिएर विदेशबाट कुनै पनि जहाज आउन पाएन ।’
पोखरेलले बाहिरबाट खाली जहाज आएर नेपालबाट यात्रु बोकेर जान पाउने बताए । ‘यहाँ थुप्रै विदेशीहरू छन्,’ पोखरेलले भने, ‘त्यो मात्र नभएर कार्गो फ्लाइटहरू, एम्बुलेन्स र अन्य आपतकालीन फ्लाइटहरू चाहिँ अनुमति लिएर गर्न सकिन्छ ।’
उनले प्राविधिक कारणले अरू बेलामा पनि उडान र अवतरण बन्द हुने गरेको इतिहास रहेको तर सरकारले नै उडान प्रतिबन्ध लगाएको पहिलोपटक भएको बताए ।
पोखरेलले संसारभरि नै यो खालको अभ्यास रहेको बताए । ‘अरू देशहरूले पनि अराइभिङमा प्रतिबन्ध लगाएका छन् । भारतले पनि यात्रु बोकेर आउने जहाजलाई रोकेको छ तर जाने जहाजलाई रोकेको छैन । अधिकांश देशहरूले खास खास देशहरूका लागि रोकेका छन् र सबैलाई रोकेका छैनन् । हामीले पनि त्यहि अभ्यास गरेका हौँ,’ पोखरेलले भने ।
यस्तो छ विमानस्थलको इतिहास
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गौचरण विमानस्थलको नामबाट विक्रम संवत् २००६ देखि नागरिक उड्ययन सेवा शुरू भएको थियो । पहिलोपटक भारतबाट आएको ४ सीटको विमान अवतरण भएको गौचरणमा दोस्रोपटक कलकत्ताबाट आएको डेकोटा विमान अवतरण भएको थियो ।
विक्रम संवत २०१२ मा तत्कालीन राजा महेन्द्रले गौचरण विमानस्थलको उद्घाटन गर्दै आफ्ना पिता त्रिभुवनको नाम दिएका थिए । त्यसपछि विक्रम संवत् २०१४ देखि तत्कालीन शाही नेपाल वायुसेवा निगमले यही विमानस्थल प्रयोग गरेर आन्तरिक र बाह्य उडान शुरू गर्यो । त्यसयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अविछिन्न रूपमा चलिरहेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सन् १९६४ मा अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । अन्तर्राष्ट्रिय मान्यता पाएपछि यसको रनवे २ किलोमिटर बनाइयो । हाल यसको रनवे ३ हजार ४८ मिटर रहेको छ । पहिलोपटक विमान अवतरण भएको हिसाबले ७० वर्षको उडान इतिहास रहेको विमानस्थललाई पहिलोपटक सरकारकै निर्णयमा बन्द गरिएको हो ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...