कोरोनाविरुद्धको खोप सोचेभन्दा छिटो आउन लागेको अमेरिकी कम्पनीको दाबी

अमेरिकास्थित औषधि कम्पनी मोडर्नाले कोभिड–१९ को खोपको परीक्षण केही समयदेखि गर्दैै आएको छ । 

कम्पनीले सोमवार एक बयान जारी गरेर आगामी जाडोमा कोरोनाविरुद्धको खोप विकसित भइसक्ने र सीमित मात्रामा त्यसको उपयोग गरिने जनाएको छ । सोमवारै उसले यूएस सेक्युरिटिज यान्ड एक्सचेन्ज कमिसनलाई यस विषयमा प्रतिवेदन समेत दिएको छ । 


Advertisement

मोडर्नाका सीईओ स्टिफन बेन्सेलले भने, ‘व्यावसायिक रूपमा खोप उपलब्ध गराउन अझै १२ देखि १८ महिना लाग्छ । तर आपतकालीन उपयोगका लागि यो खोप सन् २०२० को जाडोमै ल्याउन सक्छ ।’

कम्पनीले एमआरएनए–१२७३ नाम दिएर कोरोनाविरुद्धको खोप विकसित गरिरहेको हो । यो खोप अमेरिकास्थित भ्याक्सिन रिसर्च सेन्टर र नेसनल इन्स्टिच्युट अफ एलर्जी यान्ड इन्फेक्सियस डिजीजका अनुसन्धाताहरूको अनुसन्धानका आधारमा बनाइँदैछ । 


Advertisement

वैज्ञानिकहरूले खोपको डोजको सुरक्षा र प्रतिरोधात्मक पक्षको आकलन गरिरहेका छन् । परीक्षण अन्तर्गत एक स्वस्थ व्यक्तिलाई २८ दिनको फरकमा खोपका दुई डोज दिइनेछ । परीक्षणमा ४५ जना स्वस्थ वयस्कलाई समावेश गरिने रिपोर्टमा उल्लेख गरिएको छ ।

उनीहरूलाई १२ महिनासम्म निगरानीमा राखिएपछि खोपलाई व्यावसायिक रूपमा बजारमा उपलब्ध गराइनेछ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्