कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
अछाम जिल्लाको कालिका स्थानकी उमा थापा काखे छोरासहित सोमवार नै कैलालीको सीमानाका गौरीफन्टा पुगिन् ।
रोजगारीको क्रममा भारतको बेङलुरु बस्दै आएकी उनी कोरोनाको त्रास फैलिएपछि फर्किएकी हुन् तर जिल्ला प्रशासन कार्यालय कैलालीले सोमवारदेखि नै जिल्लामा लागू गरेको निषेधाज्ञा र सरकारले मंगलवारदेखि देश नै लकडाउन गरेपछि उनी दशजगामा अलपत्र परेकी हुन् ।
आफन्तले घर फर्किन भनेपछि हिँडेकी सीमा नाकामै अलपत्र परेकी छन् ।
कैलालीको टीकापुर नगरपालिका–१ का ओमप्रकाश राजवंशी भारतको कर्नाटक राज्यको बेलगामबाट फर्किएका छन् तर प्रशासनले नेपाल प्रवेशमा रोक लगाएपछि उनी पनि दशगजामै अलपत्र परेका छन् ।
कालिका स्थानकी थापा र टीकापुरका राजवंशी मात्रै होइन, २ दिनदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लासहित चितवन, पाल्पालगायत जिल्लाका नेपाली नेपाल–भारत दशगजा क्षेत्रमा सोमवारदेखि अलपत्र छन् । जसमा दुधेबालकदेखि वृद्धावृद्धा समेत रहेका छन् ।
कोरोना भाइरसको संक्रमण भारतमा उच्च दरले बढ्न थालेपछि त्रसित बनेका नेपाली स्वदेश फर्किने क्रम बढेको थियो ।
सशस्त्र प्रहरीका डीएसपी भीमबहादुर चन्दका अनुसार सयौंको संख्यामा फर्किएका नेपालीहरू सीमा क्षेत्रमा अलपत्र अवस्था छन् ।
मंगलवार बिहान सोही नाकामा तनाव सिर्जना समेत भएको थियो । सीमा नाकामा अलपत्र परेका उनीहरूले प्रहरीको सुरक्षा घेरालाई तोड्न खोज्दा तनाव सिर्जना भएको हो । माथिको कुनै आदेश नआएको भन्दै प्रहरीले उनीहरूलाई सुरक्षा घेरामा राखेको छ ।
उनीहरूलाई कतिबेला र कसरी छोड्ने भन्ने आदेश हालसम्म नआएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताए । परिस्थितिबारे जानकारी दिएपनि आदेश प्राप्त नभएको उनले बताए ।
भारतबाट फर्किका नेपालीहरू सोमवार साँझदेखि नै २० घण्टा भोकै छन् । देश नै ‘लक–डाउन’ भएकाले बजार खुला छैन । उनीहरूले केही खान नपाउँदा भोक–भोकै घण्टौंदेखि सीमा नाकामै जोखिमबीच बसिरहेका छन् ।
यसबीच जिल्लामा रहेका मारबाडी संघ लगायत दिएको खाद्यान्न सामग्री उनीहरूले बहिस्कार गरेका छन् । प्रहरीको गाडीमा लिएका बिस्कुट, चाउचाउ, चिउरा, भुजा, पानी लगायतका खाद्यान्न राहत खान नमानेका हुन् । उनीहरूको एउटै माग छ, ‘हामीलाई नेपाल छिर्न दिनुहोस् ।’
प्रहरीले भने माइकिङ नै गरेर उनीहरूलाई खाद्यान्न राहत सामग्री लिन आग्रह गरिरहेका छन् ।
उता भारतमा र यता नेपालमा पूरै लक–डाउन भएपनि नेपालीहरूको फर्किने क्रम नरोकिएपछि सीमा नाकामा त्रास फैलिएको छ । रोगको संक्रमण फैलिएको भारतबाट सयौंको संख्यामा फर्किएका नेपालीबाटै रोगको संक्रमण फैलिने भन्दै त्रास फैलिएको छ ।
धनगढीबाट प्रकाशित हुने कैलाली दैनिकका प्रकाशक गणेश भण्डारीले यसरी फर्किरहेकाहरूबाट जोखिम बढेकाले फर्किएकाहरूलाई कडा क्वारेन्टाइनमा राखिनुपर्ने माग राखे ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...