सरकारले भन्यो– अत्यावश्यक वस्तुको पसल र सेवा नियमित सञ्चालन गर्नुस्

कोरोना भाइरसका कारण देशव्यापी लकडाउनको घोषणा गरेपनि अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय र अत्यावश्यक वस्तु बेचबिखन गर्ने पसल पूर्ण क्षमतामा नियमित सञ्चालन गर्न सरकारले अनुरोध गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलवार विज्ञप्ति जारी गर्दै खाद्य वस्तु, औषधि र ग्यास जस्ता वस्तुहरू बिक्री गर्ने पसल तथा बिक्री कक्षहरू नियमित सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ ।


Advertisement

मन्त्रालयले विज्ञप्तिमार्फत उपभोग्य सामग्री, औषधि र पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनलाई नियमित सञ्चालन गर्न भनेको छ । 

अत्यावश्यक सेवाका पसल र ढुवानी गर्ने सवारी साधनमा काम गर्ने सबैले अनिवार्य मास्क लगाउने, समय समयमा स्यानिटाइजर प्रयोग गर्ने तथा हात धुने कार्य गर्न विज्ञप्तिमार्फत मन्त्रालयले अनुरोध गरेको छ । 


Advertisement

भाटभटेनी, बिग मार्ट, सेलवेज, सेल्सबेरी जस्ता ठूला बिक्रेताहरूले आफ्नो बिक्री कक्षबाट तथा ग्राहकहरूलाई उनीहरूकै ठेगानामा डेलिभर गरेर बिक्री गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस्, मन्त्रालयद्वारा जारी विज्ञप्ति :


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्