×

NMB BANK
NIC ASIA

कोरोना भाइरस संक्रमणको प्रभावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलवारदेखि जिल्लाको सीमा क्षेत्रमा बिहान ६ बजेदेखि १८ गतेसम्मका लागि ‘लक–डाउन’ घोषणा गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजीअ) कोशहरि निरौलाले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा (३) बमोजिम निषेधाज्ञा जारी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकारले चैत्र १० गते गरेको निर्णयानुसार कोरोनाको प्रभाव तथा जोखिम न्यूनीकरण गर्न आदेश जारी गरिएको प्रजिअ निरौलाले बताए ।


Advertisment
Nabil box
Kumari

जिल्ला सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञाको निर्णय गरिएको भन्दै उनले भने, ‘आदेशको कार्यान्वयन गर्नका लागि कूल २ हजार संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ ६०० नेपाली सेना, ७०० नेपाल प्रहरी र ७०० सशस्त्र प्रहरी समेत परिचालन गरिएको उनले लोकान्तरलाई जानकारी दिए ।

Vianet communication
Laxmi Bank

‘लक–डाउन’ गरिएको पहिलो दिन मंगलवार २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सम्पूर्ण बजार बन्द भएपनि सडकमा मानिसको आवागमन भने जारी नै छ । लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातका सवारीसाधन पूर्णरुपमा ठप्प भएपनि निजी सवारीसाधनमा आवागमन जारी नै रहेको देखिएको छ ।

जनकपुरको प्रसिद्ध जानकी मन्दिर, राम मन्दिर सुनसान देखिएका छन् । सर्वसाधारण खाना पकाउने एलपी ग्यास सिलिन्डर किन्न बजारमा आएका देखिएका छन् । केही होटेल खुलेका छन् भने शहरका भित्रि गल्लीमा रहेका किराना पसल समेत खुलेका छन् ।

शहरका विभिन्न चोकमा रहेका औषधि पसल खुलेका छन् भने सरकारी तथा निजी अस्पताल समेत खुलेका छन् । कुनै–कुनै ठाउँमा मास्क बेच्नका लागि फूटपाथमा पसल सञ्चालनमा रहेका छन् ।

शहरका विभिन्न चोकमा संयुक्त रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकमा गुड्ने गरेका सवारीसाधनलाई फिर्ता पठाउने काम समेत गरिएको छ । ‘आज पहिलो दिन भएको कारण बिहानतिर अलि खुकुलो देखिएपनि सम्झाइबुझाई तत्काल घर फिर्ता पठाउने गरेका छौं,’ प्रजिअ निरौलाले भने, ‘बेलुकादेखि अत्यन्त कडाइका साथ सुरक्षाकर्मी परिचालन हुनेछन् ।’

अत्यावश्यक कामबाहेक सर्वसाधारण सडकमा देखिएमा पक्राउ गरेर ऐन बमोजिम कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिइसकिएको उनले बताए ।

अत्यावश्यक सेवा प्रदान गर्ने निकायका व्यक्तिलाई सवारीसाधन चढ्नका लागि प्रमुख जिल्ला अधिकारीले सवारी पास जारी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x