मानवीय आवतजावत पूर्ण रुपमा रोक्न कर्णालीका डाक्टरको आग्रह

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टरले मंंगलवार प्रेस विज्ञप्ति जारी गर्दै कर्णालीमा बाहिरबाट हुने सम्पूर्ण मानवीय आवतजावत बन्द गर्न माग गरेका छन् ।

‘हाम्रो देशको सीमित स्वास्थ्य संरचना र न्यून मात्रामा रहेका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूले कोरोनाको रोकथाम र उपचारमा कतिको र कस्तो भूमिका खेल्न सक्छ भन्ने कुरामा हामी स्वास्थ्यकर्मी नै विश्वस्त  नहुने अवस्था छ,’ विज्ञप्तिमा लेखिएको छ ।


Advertisement

‘मास्क, ग्लोब्स, स्यानिटाइजर र डिसइन्फिकटेन्ट जस्ता अत्यावश्यक सामाग्रीहरूको एकातिर आपुर्ति बन्द भएको अवस्था छ र अर्कोतिर बजारमा भएका सामग्रीहरूको पनि कालोबजारी भएर अत्यावश्यक मानिसहरूलाई नै उपलब्ध नहुने अवस्था सिर्जना भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘उपचारका लागि व्यवस्था गरिएका शय्या र भेन्टिलेटर साह्रै न्यून मात्रामा रहेका र विदेशमा जस्तो हजारौं मानिसमा संक्रमण देखिएमा हाम्रोमा आउने बिरामीलाई समेत उपचार दिन नसकिने अवस्था छ । यो सबै कुरा मनन गरिसक्दा यस रोगबाट बच्नलाई रोकथाम बाहेक अरु उपाय असम्भव नै छ ।’

विज्ञप्तिमा लक–डाउनलाई कडाइका साथ लागू गर्न र यसको महत्त्व नागरिकलाई बुझाउन डाक्टरहरूले आह्वान गरेका छन् ।


Advertisement

विज्ञप्तिमा डा. नवराज केसी, डा. हरि सापकोटा, डा. रुपक कँडेल, डा. सागर भण्डारी, डा. विवेक देवकोटा, डा. अमित सिंह, डा. केएन पौडेल, डा. प्रदीप न्यौपाने, डा. सन्तोष बस्नेत लगायतले हस्ताक्षर गरेका छन् ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्