×

NMB BANK
NIC ASIA

रेडियो सुनेर कोरोनासँग लड्दै कर्णालीबासी, सरकार भन्छ – उद्दारका लागि एम्बुलेन्स र हेलिकप्टर तयार छ !

चैत १२, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

गाउँभन्दा बाहिर रहेका हजारौं नागरिक एकै साथ गाउँ भित्रिएपछि शहरमा भन्दा बढी गाउँमा कोरोना त्रास बढेको छ । दैलेखको आठबीस नगरपालिका वडा नं. ६ का दयाराम विश्वकर्माले सिटामोलसमेत सहजै नपाउने जनतालाई कोरोना त्रासले त्राही त्राही बनाएको लोकान्तरलाई बताए ।

Muktinath Bank

‘भारतका विभिन्न शहरबाट हाम्रै गाउँमा सयौं नागरिक आइसकेका छन् । गाउँमा भरपर्दो स्वास्थ्य संस्था पनि छैनन् । कोरोनाबाट बच्नका लागि आवश्यक शिक्षा पनि कसैले प्रदान गरेका छैनन्,’ दैलेख सदरमुकामभन्दा ६० किलोमिटर पश्चिममा रहेको आठबीस क्षेत्रका नागरिकमा कोरोनाले भयंकर डर देखाएको बताउँदै स्थानीय अगुवासमेत रहेका दयारामले भने, ‘टाउको दुखेको खण्डमा सिटामोलसम्म सहजै नपाउने दूर दराजका हामी नागरिकका लागि राज्यले के गर्ला ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गाउँमा न त मास्क पाइएको, न त जनचेतनाका लागि कोही स्वास्थ्यकर्मी नै आएको बताए । ‘राज्यले सबै नागरिकलाई गाउँ जान भन्यो, अहिले गाउँमा कोही पनि आएका छैनन् स्वास्थ्यकर्मी, कसरी यो महा विपत्तीबाट जोगिने हो थाहा नै छैन अधिकांश नागरिकहरुलाई,’ उनले भने, ‘साबुन नै नपाउने जनताले कसरी साबुनको प्रयोग गर्लान र खोइ ?’


Advertisment
Nabil box
Kumari

दैलेखकै चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ९ का ऐनबहादुर खड्काले कोरोनाबाट बच्नका लागि रेडियोकै भर परिरहेको बताए । ‘अहिलेसम्म हाम्रो गाउँमा कोही पनि स्वास्थ्यकर्मी आएका छैनन् । रेडियो सुनेकै भरमा होसियारी अपनाइरहेको छु,’ उनले भने, ‘म रेडियो सुन्ने भएका कारण थाहा पाएको हुँ । अन्य नागरिकलाई कोरोना के हो भन्ने जानकारी नै छैन ।’ गाउँघरमा भेला हुने, सँगै बस्ने काम भइरहेको उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

दैलेखकै ठाँटीकाँध गाउँपालिका वडा नं. ६  तोलीजैसीका धिरेन्द्र शाहीले कोरोना किटाणु एक जनामा मात्रै संक्रमित भएको खण्डमा गाउँभरि नै सर्ने सम्भावना धेरै रहेको बताए । उनले गाउँमा पर्याप्त मात्रामा कोरोनबारे जानकारी नहुनु, लापरवाही गर्नु, एकै स्थानमा भेला हुनु, स्वास्थ्य हेरचाहमा ख्याल नगर्नु, असुरक्षित खानपान जस्ता धेरै कारणले कोरोना सर्ने उच्च जोखिम रहेको बताए ।

गाउँमा सबै नागरिक गएपछि शहरभन्दा गाउँमा कोरोना संक्रमणको बढी जोखिम भएको भेरीगंगा नगरपालिका ६ की सिता नेपालीले बताइन् । ‘शहरबाट सबै नागरिक गाउँकेन्द्रित भएका छन्,’ उनले भनिन्, ‘गाउँमा प्रशासनको पहुँच त्यति सहज छैन । यहाँ नागरिक एकातिर सचेत छैनन् भने अर्कोतिर नागरिकले लापरवाही गरिरहेका छन् । जसको कारण कोरोना संक्रमण फैलिएको खण्डमा भयावह स्थिति आउन सक्छ । यसमा स्थानीय तथा प्रदेश सरकारले समयमै ध्यान दिन जरुरी छ ।’

आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले नागरिकलाई सचेत गराउन विभिन्न पहलहरु गरिरहेको बताए । ‘हामीले माइकिङसमेत गरेर घरबाट बाहिर ननिस्कन, भीडभाड नगर्न नागकिरलाई अनुरोध गरेका छौं,’ उनले भने, ‘भारतबाट आएका नागरिकलाई अलग्गै बस्न वा शंका लागेको खण्डमा स्वास्थ्यकर्मीलाई देखाउन आग्रह गरेका छौं । हरेक वडामा रहेको सार्वजनिक विद्यालयमा क्वारेन्टाईन बनाउने काम गर्न लागेका छौं ।’

सीमित श्रोत र साधन भएपनि जनचेतना, प्रचार प्रसारमा आफूहरु लागिरहेको भएपनि नागरिकले भने हेलचेक्र्याई गरिरहेको उनको भनाई छ । ‘सबै स्थानमा पुग्न सहज छैन, विकट बस्ती छ । भेला नहुन हामीले बारम्बार आग्रह गरेका छौं । तर पनि नागरिकले कोरोना केहि होइन भन्ने ढंगले वेवास्ता गरिरहेको मैले पाएको छु,’ उनले भने, ‘मान्चेको चेतना नउठेका कारण यस्तो भएको हो जस्तो लागिरहेको छ । यद्यपी कोरोनाको संक्रमण गाउँमा नफैलियोस्  भन्नेमा हामी चिन्तित छौं । स्वास्थ्यकर्मी, स्वयंसेवीहरू परिचालन गरिसकेका छौं ।’

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले गाउँ गाउँमा प्रचार प्रसार र जनचेतना कार्यक्रम लागू भइरहेको बताए । ‘हामीले हरेक जिल्लामा पचास लाख पठाएका छौं । त्यसका अलावा अहिले प्रचार प्रसारलाई तीव्रता दिइरहेका छौं । जनचेतना बढाउनका लागि मिडियाबाट पनि महत्वपूर्ण भूमिकाको अपेक्षा हामीले गरेका छौं,’ उनले भने, ‘कर्णालीका जनताको उपचार गर्न सरकार तयार छ तर कोरोनबाट बच्नको लागि नागरिकले  ख्याल गर्नेपर्ने आवश्यकता छ ।’

उनले कुनै पनि नागरिकमा त्यस्तो लक्षण देखिएको खण्डमा पालिकाले जिल्लामा रेफर गर्ने र त्यहाँ उपचार सम्भव नभए हेलिकप्टरबाट उद्दार गरेर भएपनि प्रदेश अस्पतालमा ल्याउने तयारी आफ्नो रहेको बताए ।

मन्त्री रावलले कर्णालीका जनताले आत्तिनु पर्ने अवस्था नरहेको तर सजगता भने अपनाउन जरुरी रहेको बताए । उनले हेलिकप्टर र एम्बुलेन्सहरु स्ट्याण्डबाइ राखिरहेको बताए । मन्त्री रावलले निजी अस्पताल, क्लिनिकहरुलाई र आइएनजिओ तथा एनजीओहरुलाईसमेत कोरोना विरुद्धको लडाईमा सरकारसँगै सहकार्य गरेर अघि बढ्न निर्देशन दिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x