कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
चैत १२, २०७६
विभिन्न समयमा देखिने महामारीले मानव जीवनमा गम्भीर असर पार्दै आएको छ । यही क्रममा नेपालको छिमेकी राष्ट्र चीनबाट शुरू भएको कोरोना भाइरस (कोभिड–१९) को असरले आज विश्व समुदाय त्रसित छ । यो भाइरस सर्वप्रथम २०७६ पुस १५ गते चीनको हुबेई प्रान्तमा देखा परेको कुरा सार्वजनिक भएको थियो । विश्व स्वास्थ्य संगठनकोे तथ्यांकअनुसार यसका कारण हालसम्म १६ हजार ३ सय ६२ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ७५ हजार ४ सय ९८ जना यसबाट संक्रमित भइसकेका छन् ।
विश्वको शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकाले समेत यसका विरुद्ध लड्न संकटकाल घोषणा गरेको छ । विश्वभरका अधिकांश मुलुकहरूमा दिन प्रतिदिन यसले तीव्र रूपमा असर पारिरहेको छ । यसको गम्भीर असर विश्व अर्थतन्त्रमा पनि परेको छ । यसले गर्दा अन्य सबै क्षेत्रहरू प्रभावित भएका छन् ।
साझा सवालका रूपमा लिएर अगाडि बढ्न सबै सार्क सदस्य राष्ट्रहरू एकजुट भएका छन् तापनि विषयगत रूपमा के गर्ने भनेर ठोस कार्ययोजना भने बन्न बाँकी नै छ । खासगरी शिक्षा क्षेत्रमा विद्यालय बन्द गर्नेबाहेक बालबालिकाहरूको सिकाइलाई निरन्तरता दिने सवालमा ठोस योजना बनिसकेको छैन । युनेस्कोका–अनुसार कोभिड १९ कै कारण विश्वभरि लगभग ८४९.४ करोड बालबालिका तथा युवाहरू प्रभावित भएका छन् ।
कोभिड १९ ले नेपाललाई पनि प्रत्यक्ष असर पारिसकेको छ । बिरामीको पहिचान, परीक्षण तथा सचेतनामूलक कार्यक्रमको सञ्चालनमा सरकारले लागि परेको छ ।
विद्यालयहरूले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा निर्धारित समयभन्दा अगाडि नै सञ्चालन गरिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही समयका लागि पठन पाठन तथा विद्यार्थी भर्ना नगर्न अपिल गरेको छ । मन्त्रालयका अनुसार अर्को शैक्षिक शत्र शुरू नहुञ्जेल ३५ हजार ०५५ विद्यालयका करीब ७० लाख बालबालिकाहरूले अब घरमै बस्नुपर्ने हुन्छ ।
४ लाख ८२ हजार ७ सय ७ जना बालबालिकाले वर्षभरि तयारी गरेको एस.ई.ई परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ । दिनभरि आफ्ना साथीहरूसँग रमाइलो मान्दै सिकिरहेका वा समय बिताइरहेका बालबालिकाहरूलाई घरभित्रै बस्नुपर्दा निश्चितरूपमा केही मानसिक समस्या पार्न सक्छन् ।
स्मरणीय छ– जुनसुकै प्रकोप, महामारी वा जटिलतामा बालबालिका, गर्भवती तथा सुत्केरी महिला तथा अशक्त वृद्धवद्धाहरू सबैभन्दा बढी प्रभावित हुन्छन् ।
यहाँ यस्तो जटिल परिस्थितिमा बालबालिकाको सिकाइलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने सन्दर्भमा केही व्यावहारिक अनुभव तथा अभ्यासहरू प्रस्तुत गर्नु सान्दर्भिक नै हुनेछ ।
१. सम्बन्ध विस्तार गरौं र बालबालिकासँगै पढौं: लगातारको पढाइ र परीक्षाले गर्दा बालबालिकाहरू थकित भएका हुन सक्छन् । उनीहरूलाई राम्रोसँग आराम गर्न दिऔं, उनीहरूसँग कुराकानी गराँै र सम्बन्ध बिस्तार गरौ । उनीहरूको रुचि र चाहनाअनुसारका कथा, कविताका किताबहरू किनेर दिऔं । स्वभावैले उनीहरू कथा पढ्न, सुन्न र गीत गाउन रमाउने छन् । उनीहरूसँग रमाइला कथाहरू पढौं र सुनाऔं । कथाका बारेमा अन्तक्र्रिया गरौं । उनीहरूलाई कथा पढ्न लगाऔं र आवश्यकताअनुसार यसमा सहयोग गरौं । कथाका पात्रका बारेमा सोधौं र छलफल गरौं । तिमीलाई कथाको कुन पात्र मन पर्यो र त्यो पात्रलाई कोरोना भाइरस लाग्यो भने के गर्ने होला भनेर सोधौं । विषयवस्तुलाई समसामयिक र रोचक बनाऔं । बालबालिकाहरूमा पढाइप्रति चासो जगाउने काम गरौं ।
२. कला र सिर्जनात्मक क्रियाकलापमा सहभागी गराऔं र सिकाऔं: बालबालिकालाई आफ्ना वरिपरि भएका वस्तुहरूको चित्र बनाउन लगाऔं । कम्तीमा उनीहरूलाई मनपर्ने वस्तुका चित्र कोर्न लगाउन सकिन्छ । बालबालिकाहरू कार्टुन भनेपछि प्रफुल्ल हुन्छन् । कोरोनाबाट बच्ने उपायबारे कार्टुन वा चित्र बनाउन लगाऔं । हामी अभिभावकहरूले बालबालिकाले बनाएका चित्र वा कार्टुन हेरेर प्रशंसा गरी थप हौसला दिने गरौं । भनिन्छ, मनको कुरा व्यक्त गर्न चित्रकला उत्तम उपाय हो । उच्च प्रशंसा नै बालबालिका लागि प्रेरणाको स्रोत बन्छ । बालबालिकालाई पेन्टिङ्गजस्ता क्रियाकलापमा समेत संलग्न गराउन सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरूको सरसफाइ, सुरक्षा संवेदनशीलता जस्ता कुरामा अभिभावक सचेत रहन आवश्यक छ ।
३. परियोजना कार्यमा संलग्न गराऔं र सिकाऔंः बालबालिकाहरूमा नयाँ कुरा सिक्ने तीव्र इच्छा हुन्छ भने तदनुकूलको वातावरण निर्माण गरिदिनु अभिभावकको जिम्मेवारी भित्र पर्दछ । बालबालिकालाई कुनै समस्या दिऔं र त्यो समस्या कसरी समाधान गर्न सकिन्छ भनेर सोच्ने समय दिऔं । हामीले मनाउने चाडपर्व, हाम्रो खानेकुरा, हाम्रो पहिरन, अनि हाम्रो वरपरको वातावरणबारे छलफल गर्न लगाऔं । बालबालिकाहरू तपाईं, हामीकहाँ प्रश्नको भारी बोकेर आउन सक्छन् । ती प्रश्नहरूको सही जवाफ दिन पनि हामी तयार हुनुपर्दछ ।
४. घरायसी कामबाट सिकाऔं: कक्षा १ देिख ३ सम्मको एकीकृत पाठ्यक्रमका आधारमा अभिभावकले घरमा नै बहुविषय र व्यवहारकुशल सीप सिकाउन सक्छन् । अन्योल भएमा स्थानीय शिक्षकको सहयता लिऔं । हामी अभिभावकले पनि बालबालिकालाई विभिन्न घरायसी काममा संलग्न गराएर सिकाइलाई निरन्तरता दिन सक्छौं । जस्तै भान्सामा पाइने वस्तुका नाम भन्न लगाएर पठन सीपका क्रियाकलाय सिकाउन सकिन्छ भने ती वस्तुहरूबाट नै गणितीय सीप सिकाउन सकिन्छ । जस्तै २ वटा गिलास र २ वटा कचौरा जोड्दा कति हुन्छ ? ४ वटा गिलासमा २ वटा हराए भने कतिवटा गिलास बाँकी रहन्छन् ? यस्ता प्रश्न गर्दै बालबालिकामा भाषिक तथा गणितीय सीप सिकाउन सकिन्छ ।
५. घरको सरसफाइमा संलग्न गराऔं र सिकाऔं: बालबालिकालाई कोरोनाले पारेको नकारात्मक प्रभावबारे राम्रोसँग भनौं र यो कसरी सर्छ भन्ने कुरा पनि सिकाऔं । यसपछि बालबालिकालाई मस्तिष्कलाई व्यायाम हुने विभिन्न प्रश्नहरू गरौं । अब हामीले कोरोनाबाट कसरी बच्ने भन्ने सोधौं र छलफल पनि गरौं । छलफलका आधारमा बालबालिकालाई आफूसँगै राखी साबुन पानीले हात धुने तरिका, घर आँगन र आफ्नो लुगा कपडा कसरी सफा राख्ने भन्ने बारे पनि सिकाऔं । बालबालिकालाई यस्ता क्रियाकलापमा संलग्न गराउँदा पछिसम्म पनि यसको राम्रो असर पर्छ र विद्यालयमा पनि उनीहरूमा सरससफाइ गर्ने बानीको विकास हुन्छ । बालबालिका स्वयंलाई आत्मसुरक्षामा अभ्यस्त बनाऔं ।
६. अभिनयका माध्यमबाट सिकाऔं: कोभिड १९ को प्रभाव र यसबारे बालबालिकाहरूसँग छलफलपछि उनीहरूलाई विभिन्न भूमिका दिएर अभिनय गर्न लगाऔं । जस्तैः हामी आमाबुवा बिरामी बनौं, छोराछोरीलाई स्वास्थ्यकर्मी (डाक्टर) को भूमिका दिऔं, अनि सोधौं लौ भन अब हाम्रो उपचार कसरी गर्छौ ? यस्ता अभिनयले बालबालिकाका मस्तिष्कमा विभिन्न प्रश्नहरू खेल्न थाल्छन् । यस्तै प्रश्नहरूले बालबालिकाहरूलाई रचनात्मक बनाउँछ साथै भविष्यका बारेमा योजना बनाउन पनि मद्दत गर्न सक्छ । अभिनयले बालबालिकामा समूहमा बसेर काम गर्ने बानीको विकास पनि गर्न सहयोग गर्छ । यसरी नै सामाजिकीकरणको समेत विकास हुन्छ । हामी बालबालिकाहरूलाई मन पर्ने गीतमा नाच्ने वातावरण पनि बनाइदिऔं ।
८.जानकारी दिँदै सिकाऔं: प्रारम्भिक कक्षाका बालबालिकाहरूलाई रोग लाग्यो भने उपचार गर्न कता जाने अनि त्यहाँ गएर कसलाई भेट्ने भनी पेशासँग सम्बन्धित जानकारी दिएर स्वास्थोपचारका बारेमा सरल तरिकाले सिकाउने प्रयास गरौं । जस्तै विद्यालयमा शिक्षक हुन्छन्, अस्पतालमा डाक्टर हुन्छन् भने कुन–कुन कार्यालय या स्थानमा के कस्ता पेशाकर्मीे हुन्छन् भनेर सिकाउन सकिन्छ । कोरोनाजस्तो समसामयिक विषयवस्तुका बारेमा जानकारी माग्न कहाँ सम्पर्क गर्नुपर्छ भनेर बालबालिकालाई फोन गर्न लगाएर गणितीय सीपसँगै सम्बन्ध विस्तार जस्ता व्यवहारकुशल सीप सिकाउन सकिन्छ ।
९. समाचार हेरौं, सुनौं र छलफल गरौं: विश्वमा कहा–कहाँ के–के भइरहेको छ भन्ने सम्बन्धमा बालबालिकालाई सिक्ने र बुझ्ने अवसरका रूपमा टीभी, रेडियोजस्ता सञ्चारका माध्यमको प्रयोग गरौं । बालबालिकासँग समाचार हेरौं, सुननौं र छलफल गरौं । बालबालिकालाई सुनेर बुझेका कुराको नोट बनाउन लगाऔं । यसले बालबालिकामा सकारात्मक बानीको विकास हुन्छ । उनीहरूमा ध्यान दिएर सुन्ने सीपको विकास हुन्छ । राम्रोसँग सुन्न सकिए मात्र बुझ्न पनि सजिलो हुन्छ । दैनिक नोट बनाउन लगाउँदा लेखन सीप पनि राम्रो हुन्छ । यसका लागि अभिभावक स्वयं नमूना हुन आवश्यक छ । शिक्षाका लागि उपयुक्त अन्य माध्यम जस्तै यूट्युब पनि प्रयोग गर्न सकिन्छ । तर अभिभावकले समय व्यवस्थापन, सीमा निर्धारण र सही प्रयोगमा विषेश ध्यान दिन आवश्यक छ ।
१०. शारीरिक क्रियाकलापमा सहभागी गराऔं: बालबालिकाहरूलाई अहिलेको जटिल परिस्थितिमा घुमफिर गर्न र भेला हुन प्रोत्साहन गरिएको छैन । यसले गर्दा उनीहरूको शारीरिक विकासमा असर पर्न सक्छ । त्यसैले बालबालिकालाई घरभित्रै, आँगन वा खेतबारी जहाँ मान्छेहरूको भीडभाड हुँदैन त्यस्तो ठाउँमा लगेर व्यायाम गर्न लगाउन सकिन्छ । यसका लागि स्वास्थ्य क्षेत्रका विज्ञसँगको सल्लाहअनुसार कति जनासम्मको समूह बनाउन सकिने कुराको यकिन गरी सोहीअनुसारको समूहमा खेलकुद वा शारीरिक व्यायाम गराउन सकिन्छ । यसका लागि योग पनि एक उपयुक्त अभ्यास हुन सक्ला तर यो बालबालिकाको उमेर र विकासक्रम सुहाउँदो भने हुनुपर्छ ।
११. जीवनोपयोगी तथा व्यवहारकुशल सीपको अभ्यास गर्न सिकाऔं: कोरोनाका बारेमा बलबालिकाले विभिन्न भ्रमपूर्ण कुराहरू सुनेका हुन सक्छन् । यसले बालबालिकामा डर, त्रास उत्पन्न्न गराएको हुन सक्छ । मानसिक डर, त्रासले गर्दा बालबालिकाको वर्तमान र भावी जीवनमा गम्भीर असर पर्न सक्छ । यसको प्रत्यक्ष असर बालबालिकाको सिकाइमा पर्न जान्छ । त्यसकारण बालबालिकालाई विभिन्न समस्या आउँदा कसरी समाधान गर्ने, प्रभावकारी सञ्चार कसरी गर्ने र त्यस्तो समयमा सही निर्णय कसरी लिने भनेर सिकाऔं । यसले बालबालिकालमा आत्मविश्वास बढ्छ र उनीहरूको सिकाइमा नकारात्मक असर पर्दैन ।
अन्त्यमा, संकटको यस परिस्थितिमा बालबालिकाको सर्वोत्तम हितलाई ख्याल गर्दै सबै नीति निर्माण तहमा काम गर्ने निकायहरू, अभिभावकहरूले प्रारम्भिक बाल विकासदेखि कक्षा ३ सम्मका बालबालिकाहरूलाई माथी उल्लेखित सिकाइका क्रियाकलापमा सहभागी गराउन प्रोत्साहन गरौं । घरपरिवार नै बालबालिकाको पहिलो विद्यालय भएकाले प्रारम्भिक कक्षाका बालबालिकालाई घरमै आनन्ददायी वातावरणमा शिक्षण सिकाइमा सहभागी गराऔं र बालबालिकाहरूमा माथि पर्न सक्ने असर न्यूनीकरणमा समयमै सक्रिय बनौं ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...