काठमाडौंमा भेटियो कोरोनाको तेस्रो संक्रमित

नेपालमा कोरोनाको तेस्रो बिरामी भेटिएका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालामा पठाएको नमूना परीक्षण गर्दा थप १ जनामा कोभिड १९ पोजेटिभ पाइएको हो ।


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाइटमा पनि उक्त जानकारी दिइएको छ ।

मन्त्रालयका अनुसार हालसम्म गरिएका ६८७ परीक्षणमा ६८४ जनाको नतिजा भने नेगेटिभ आएको छ ।


Advertisement

नेपालमा भेटिएका तेस्रो संक्रमितको पनि टेकुस्थित सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

यसअघि फ्रान्सबाट आएकी युवती र चीनको वुहानबाट आएका युवकमा कोरोना भाइरस पोजेटिभ पाइएको थियो ।

चीनबाट आएका युवक निको भइसकेका छन् भने फ्रान्सबाट आएकी युवती उपचाररत छिन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्