×

NMB BANK
NIC ASIA

कोभिड-१९ विरुद्ध चौधरी फाउन्डेसनको अभियान, पीपीईसहित स्वास्थ्य उपकरण वितरण

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चौधरी फाउन्डेसनले कोरोना भाइरस (कोभिड-१९)को रोकथाम र उपचारका लागि अत्यावश्यक सामग्री वितरण गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

अहिलेसम्ममा प्रदेश नम्बर ५ का ९ वटा स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), अक्सिजन उपकरणलगायत सामग्री हस्तान्तरण गरिसकिएको र प्रदेश १, ६ र ७ मा विहीबारसम्ममा वितरण गरिसकिने फाउन्डेसनले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अत्यावश्यक सामग्री वितरण गरिएका स्वास्थ्यसंस्थामा पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थ पोस्ट (भेडाबारी, नवलपुर), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज) छन् ।


Advertisment
Nabil box
Kumari

फाउन्डेसन अध्यक्ष चौधरीले ट्विट गर्दै भनेका छन्, ‘हाम्रो अहिलेको मुख्य चुनौती र आवश्यकता भनेको विभिन्न अस्पताल र ठाउँ-ठाउँका क्वारेन्टाइन, आइसोलेसन सेन्टरहरूको जोखिम मूल्यांकन गरी अत्यावश्यक सामग्रीले सुसज्जित गर्नु हो । सबैभन्दा पहिले उपचारमा क्रियाशील रहने स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गरी उनीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउनु आवश्यक थियो । चौधरी फाउन्डेसनले यसमा केही सफलता हासिल गरेको छ ।’

Vianet communication
Laxmi Bank

जोखिमपूर्ण अवस्थामा रहेका स्वास्थ्य संस्थामा पीपीईलगायत अन्य आवश्यक सामग्री अभाव नहोस् भनेर फाउन्डेसनले हेल्पलाइन पनि शुरु गरेको छ । आवश्यकताका आधारमा ९८५११७२३९८, ९८०१०६७४४३ र ९८०२०२०९५३ मा सम्पर्क गर्न फाउन्डेसनले आग्रह गरेको छ ।

अहिले देखिएको कोभिड-१९ परीक्षण किट अभावप्रति अध्यक्ष चौधरीले चिन्ता व्यक्त गरेका छन् । ‘हाम्रो अर्को प्राथमिकता र चुनौती भनेको परीक्षण किटको उपलब्धता हो । केही बाहिरी मुलुकमा हामीले परीक्षण किट निर्यातका लागि तयारी अवस्थामा राखेका छौं । यद्यपि नेपाल भित्र्याउन सफल भइसकेका छैनौं,’ उनले भनेका छन्, ‘ढुवानी सहजीकरणका लागि हाम्रो टिम खटिइरहेको छ । मलाई आशा छ, यसमा छिट्टै समाधान निस्किनेछ ।’

त्यससँगै अक्सिजन उत्पादन गर्ने उपकरण र भेन्टिलेटर अभाव पूर्ति गर्न बाहिरी मुलुकबाट आयात प्रक्रिया पनि शुरु गरेको फाउन्डेसनले जनाएको छ । ‘मुलुकभर यी उपकरणको अभाव देखिएको छ । बाहिरबाट उपकरण आयात गर्नुको विकल्प हामीसँग छैन । सँगसँगै ती उपकरण सञ्चालन गर्न दक्ष जनशक्ति अभाव पनि उत्तिकै छ । त्यसैले त्यस्ता जनशक्तिको अभिमुखीकरणका लागि हामी सम्बन्धित मन्त्रालय र निकायसँग हातेमालो गर्दै अघि बढ्नेछौं,’ चौधरीले भनेका छन्, ‘आजको आवश्यकता भनेको पैसा होइन, यी उपकरणको आपूर्ति हो । संक्रमित बिरामी उपचारको ठूलो अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा हो । यसतर्फ चौधरी फाउन्डेसन अत्यन्तै सजग र संवेदनशील छ । त्यसैले, आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x