×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश सरकारले कोरोना विरुद्ध लड्न तयारी गरेको भनिरहेका बेला भारतबाट उद्दार गरी ल्याएका नागरिकलाई होटेलमा राख्नु परेको छ ।

Muktinath Bank

क्वारेन्टाइन निर्माणका लागि चार दिन अघि मात्रै तयारी गरेको प्रदेश सरकारले भारतका विभिन्न शहरबाट कर्णाली आउन लागेका र रुपैंडिया एवम कैलालीमा अलपत्र परेका नागरिकलाई होटलमा क्वारेन्टाइनको व्यवस्था गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार प्रदेश सरकारले बाँके जिल्ला प्रशासन कार्यालयको सहयोगमा भारतबाट आएका ५७ जना नागरिकलाई जुम्ला रोडमा रहेको अशोका होटलमा राखेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘१२ गते बिहान दुई बजेको समयमा भारतबाट नेपालका विभिन्न नाका हुदै सुर्खेत भित्रिएका पुरुष ५३ र महिला ४ गरी जम्मा ५७ जनालाई क्वारेन्टाइनमा राख्नुपर्ने भएकोले वि.न.पा.६ स्थित खुल्ला मैदानमा क्वारेन्टाइन निर्माणधीन अवस्थामा रहेकोले उनीहरुलाई कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा वि.न.पा.१० दैलेखी चोकस्थित रहेको अशोका होटलमा २७ वटा कोठा भाडामा लिई राखिएको छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

रुपैडियाबाट उद्दार गरिएकाको स्वास्थ्य जाँच गरिएको र ज्वरोलगायतका कुनै पनि लक्षण नदेखिएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘उद्दार गरिएका नागरिकलाई सुर्खेतमा राख्ने वा घर पठाउने भन्ने विषयमा छलफल हुदैँछ,’ उनले भने, ‘कन्चनपुरकोे गड्डाचौकीबाट ४३ जनाको उद्दार गरेको छ । उनीहरु बुधबार दिउसो सुर्खेत पुग्ने र क्वारेन्टाइनमा राख्नेछौं ।’

भारत लगायत विदेशवाट आउने नागरिक अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले वीरेन्द्रनगरमा एक हजार बेडको क्वारेन्टाइन वार्ड निर्माण गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x