कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
चैत १२, २०७६
तपार्इंलाई विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ ले कतिको त्रसित बनाएको छ ? हामीमध्ये जो कसैलाई पनि आफू, आफ्नो परिवार वा आफन्तलाई रोग लागिहाल्ने हो कि भन्ने चिन्ता हुनु स्वभाविक हो ।
रोगबारे सजग भएर आवश्यक सावधानी अपनाए पनि अनावश्क चिन्तित हुनु भने ठीक होइन । त्यसले कोभिड–१९ को सङ्क्रमण नदेखिए पनि मानसिक रोग लाग्न सक्ने देखिएको छ । मानसिक रोग विशेषज्ञका अनुसार ठूला विपद् र त्यसपछिको समयमा समेत मानसिक रोग लाग्न सक्ने खतरा रहन्छ ।
कोभिड–१९ रोगको सङ्क्रमणबारे पढ्ने, हेर्ने र सुन्ने गर्दा व्यक्तिको मनोबल कमजोर हुनसक्ने पाइएको छ । सामाजिक सञ्जालमा दिइएका अतिरञ्जित सामग्रीहरुले पनि व्यक्तिमा भय बढाएको पाटन मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याटिक्स डा अनन्तप्रसाद अधिकारीले बताए ।
विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचना र आधिकारिक समाचार माध्यमका समाचार सामग्री मात्रै पढ्नुपर्ने उनको भनाइ छ । सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै घरभित्रै बसिरहँदा धेरैले दिनभर धेरै समय यही विषयका बारेमा जानकारी लिने गरेका छन् ।
उनले भने, ‘दिनभर यही विषय मात्रै हेर्दा र सुन्दा त्यसको प्रभावका रुपमा मानसिक रोग लाग्नसक्ने जोखिम हुन्छ ।’
काठमाडौँमा कोभिड–१९ को सङ्क्रमण २ जनामा देखिएपछि धेरै जना त्रसित भएको डा अधिकारीले बताए । छिमेकी मुलुकलगायत विश्वका अधिकांश देशमा यो सङ्क्रमण बढेसँगै नेपालमा पनि देखिनसक्ने भन्दै डराउन थालेकाहरुमा सङ्क्रमण भएको पुष्टि भएसँगै भय बढेको छ ।
विश्वका विकसित देशहरुमा त रोग नियन्त्रण नभएकाले यहाँ फैलन सक्ने भन्दै धेरै डराएको पाइएको उनले बताए । उनले भने, ‘सामाजिक सञ्जालमा यस्तै पढेपछि त्रास अझ बढेको छ ।’ अहिले कतिपय व्यक्ति रोगप्रति जति सजग हुनुपर्ने हो त्योभन्दा बढी भएको पाइएको छ ।
अस्पतालमा उनले भेटेको एक जना महिलाले सन्तानलाई सुरक्षाका लागि भन्दै चार वटासम्म मास्क लगाएको पाइएको उनले बताए । रोगबाट बच्न हात धुनुपर्छ भनेकाले कतिपयले दिनभर हात मात्रै धुन थालेका छन् । कतिपयले सूचना नबुझेर त कतिले बढी सुरक्षित हुन चाहेर पनि यी कुरामा बढी ध्यान दिइरहेका छन् । उनले भने, ‘त्यसैले पनि आधिकारिक सूचना मात्रै पछ्याउनु खाँचो छ ।’
रोग विश्वव्यापी बन्दै जाँदा सामान्यभन्दा बढी चिन्ता गर्ने समस्या हुनसक्ने देखिएको प्रमुख कन्सल्टेन्ट साइक्याटिक्स डा अधिकारीले बताए । व्यक्तिमा रोग लाग्ने चिन्ता, रोग लागेपछि पनि उपचार नपाउने हो कि भन्ने चिन्ता र कतिपयलाई आफ्नो रोजगारी गुम्ने पो हो कि भन्ने चिन्ता समेत भएको पाइन्छ । यसले निराशा, उदासीपनलगायतका समस्या देखिन थालेको उनले बताए ।
त्यस्तै रोगबारे बढी चिन्ता गर्दा निद्रा कम लाग्ने र थकाइको महसुस पनि हुनसक्ने देखिएको छ । उनले भने, ‘खाली समय पर्याप्त हुँदा पनि लागुऔषधको प्रयोग बढ्न सक्ने देखिएको छ ।’
मानसिक रोगको असर सबै उमेर, वर्ग र पेशामा देखिएको भए पनि यस्ता विपद्का समयमा विगतमा औषधि उपचार गरेर निको भएका वा हाल उपचार गराइरहेका व्यक्ति बढी जोखिममा रहेका छन् । ती व्यक्तिमा कुनै पनि कुरा सहन नसक्ने समस्या देखिन सक्नेछ ।
बालबालिका पनि रोगको जोखिम बढी रहेको छ । उनीहरुमा रोग लागेपछि निको नै हुँदैन भन्ने चिन्ता हुनसक्छ । बालबालिकालाई रोगका बारे सजग गरे पनि अभिभावकले सही सूचना दिएर अनावश्यक चिन्तामा जान दिन नहुने उनको सुझाव छ ।
उनले भने, ‘जुनसुकै कुरालाई झिँझो मान्ने, निद्रा नलाग्नेलगायत यो रोगका लक्षण हुन् ।’ कोभिड–१९ का बारेमा आधिकारिक निकायका सूचना मात्रै पढ्न र सुन्न उनले सुझाव दिए ।
रोगका लक्षण देखिएपछि वा सङ्क्रमणको सम्भावना हुँदा ‘आइसोलेशन’ मा गए पनि सामान्य अवस्थामा यो समय परिवारसँग बिताउन सकिन्छ । सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्नुभन्दा पारिवारका सबै सदस्य एक ठाउँमा बसेर कुराकानी गर्नु उपयुक्त हुन्छ ।
घरमा बस्दा हुने खाली समय सिनेमा हेर्ने वा सङ्गीत सुनेर बिताउनुपर्ने उनको सुझाव छ । उनले भने, ‘परिवार एकै ठाउँमा बस्दा एकले अर्काको कुरा सुन्ने हँुदा डिप्रेसनको जोखिम कम हुन्छ ।’ मानसिक रोगका औषधि सेवन गरिरहेका व्यक्तिहरुले अहिले नियमितरूपमा औषधि सेवन गर्नुपर्ने प्रमुख कन्सल्टेन्ट साइक्याटिक्स डा अधिकारीले बताए ।
उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घ रोगीले पनि आफूले खाँदै आएको औषधि नियमितरूपमा खानुपर्ने जरुरी छ । ‘फलोअप’ का लागि अस्पताल जान सवारी साधन उपलब्ध नहुने र यो समयमा सकेसम्म भीडभाडमा जान नहुने भएकाले पहिले खाइरहेका औषधिलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।
सन्तुलित भोजन, पर्याप्त पानी खाने र लागुऔषधको प्रयोग नगर्नेमा पनि ध्यान दिनुपर्छ । उनले भने, ‘आवश्यक स्वास्थ्य सावधानी अपनाएर आत्मबल उच्च बनाउँदा मानसिक रोगको जोखिम कम हुन्छ ।’रासस
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...