×

NMB BANK
NIC ASIA

क्वारेन्टाइनका लागि नेकपाले दियो कार्यालय भवन

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले क्वारेन्टाइन निर्माणका लागि आफ्नो पार्टी कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ ।

Muktinath Bank

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण मूलुकमा स्वास्थ्य सङ्कट सिर्जना भएको अवस्थामा राज्यलाई साथ दिनुपर्ने बेला आएकाले दिक्तेलको भवनगैरामा रहेको पुष्पपाल स्मृति भवनलाई क्वारेन्टाइनका रुपमा उपयोग गर्न उपलब्ध गराउने घोषणा गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका जिल्ला अध्यक्ष देवान किराँती र सचिव रामप्रसाद दंगालको संयुक्त हस्ताक्षर भएको प्रेस विज्ञप्ति जारी गर्दै सङ्कटको घडीमा राज्यका हरेक कदममा साथ दिनु राजनीतिक पार्टी, संघसंस्था र जनताको दायित्व भएकाले आवश्यक परेको अवस्थामा क्वारेन्टाइनका रुपमा उपयोगका लागि आफ्नै पार्टी कार्यालय दिने घोषणा गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

नेकपाको यस घोषणासँगै तीन तले पक्की भवन क्वारेन्टाइनका लागि उपयोग गर्न सकिने भएको छ ।

Vianet communication
Laxmi Bank

‘मूलुकमा यसबेला स्वास्थ्य सङ्कटकाल लागू भएको छ, सम्पूर्ण सम्पत्तीमाथि राज्यको नियन्त्रण हुन्छ, राज्यले आवश्यक ठानेको अवस्थामा निजी सम्पत्ति उपयोग गर्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संकटको यो घडीमा राज्यलाई साथ दिनु सबैको दायित्व हो, यो महामारीको सामना गर्न राज्यलाई जस्तोसुकै सहयोग गर्न प्रतिवद्ध छौँ ।’

नेकपाले संकटको यो घडीमा सरकारलाई सहयोग गर्न जिल्लावासीमा समेत अपिल गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिका गरेर दश स्थानीय तह रहेको जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x