सडकमा कीटनाशक औषधि छर्किँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्र भित्र अस्पतालसहितका सार्वजनिक स्थानमा (डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरिएको महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए।


Advertisement

१ हजार लिटर पानीमा १० लिटर क्लोरिन झोल (४ हजार लिटरको जेट मेसिनमा ४० लिटर) को मिश्रण तयार गरेर छर्किन थालिएको हो। बुधबार ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिन प्रयोग गरिएका छन्। अस्पतालसहित दैनिक उपभोग्य बस्तु लिन जाने ठाउँहरु, वीरअस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा  कीटनाशक औषधी छर्कन थालिएको हो।

‘यो भीड गर्ने समय होइन तर अस्पताललगायत केही सार्वजनिक स्थानमा मानिसहरुको आवतजावत हुन्छ । हामी व्यक्ति—व्यक्तिमा हुन सक्ने संक्रमण रोकथाम गर्ने प्रयास गर्दैछौं,’ मेयर शाक्यले भने, ‘हामी सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडकलाई पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ ।’
 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्