मोदीले १.५ लाख करोडको आर्थिक प्याकेज घोषणा गर्ने आकलन

कोरोना भाइरसका कारण लकडाउन झेलिरहेको भारतलाई संकटबाट बचाउन त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक प्याकेज घोषणा गर्न सक्ने खबर बाहिरिएको छ।

भारतमा कोरानाका संक्रमितको संख्या बढ्न थालेपछि मोदीले मंगलबारबाट तीन हप्ताका लागि लकडाउन घोषणा गरिसकेका छन्।


Advertisement

भारतीय पत्रिकार अमर उजालाले आफ्नो अनलाइन संस्करणमा लेखे अनुसार मोदीले १.६ करोड लाख आर्थिक प्याकेज घोषणा गर्न आकलन गरिएको छ। भारतीय १ रुपैयाँकाे नेपाली विनिमय दर १ रुपैयाँ ६० पैसा हुन्छ।

प्याकेज यो साताको अन्तिम हप्ता घोषणा हुनसक्ने र १० करोड नागरिकको खातामा सीधै रकम जम्मा हुनसक्नेछ।


Advertisement

यो राहत गरीब वर्ग र ती मान्छेलाई दिइनेछ, जो लकडाउनका कारण सबैभन्दा धेरै प्रभावित छन्। भारतमा कोरोनाभाइस संक्रमितको संख्या ६०६ पुगिसकेको छ, भने १२ जनाको मृत्यु भइसकेको छ।   

केन्द्र सरकार २०२०÷२१ का लागि कर्जा योजना पनि बढाउन सक्ने ठानिएको छ।   

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्