बोकोहरामको आक्रमणमा परी ९२ सैनिकको मृत्यु

File Photo

जियादी लडाकुहरूको अतिवादी समूह वोकोहरामको आक्रमणमा परी चाडमा ९२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। 

राष्ट्रपति ईडिस डेबी ईट्नोले घटनाको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ। चाडको लेकचाड क्षेत्रमा घटना भएको हो। 


Advertisement

घटनास्थल क्यामरुन नाईजर र नाईजेरियासगँको सिमा क्षेत्रमा पर्दछ। चाडमा बोकोहराम लडाकूले छिमेकी राष्ट्रमा हिंसात्मक गतिविधि सुरु गर्नु अघि सन् २००९ मा नाईजेरियावाट आफ्नो अभियान सुरु गरेका हुन्। 

'आइतबार रातभर वोमा क्षेत्रमा भएको आक्रमणमा परी हामीले हाम्रा ९२ सुरक्षाकर्मीहरुलाई गुमाएका छौँ,' राष्ट्रपति ईट्नोले भने। उनका अनुसार एउटै घटनामा परी यति धेरै सुरक्षाकर्मीको मृत्यु भएको चाडमा यो पहिलो घटना हो  । 


Advertisement

उनले घटनास्थल क्षेत्रको भ्रमण समेत गर्नुभएको छ। नाईजेरियावाट वोकोहरामले सुरु गरेको हिंसाका कारण अहिलेसम्म ३६ हजार मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्