×

NMB BANK
NIC ASIA

आफूलाई जंगलको राजा भनेर चिनाउने नेपालको एक लोपोन्मुख मानव समुदाय राउटे यतिबेला भेरीगंगा नगरपालिकाको वडा नं. २, छिन्चु खोलामा बस्दै आइरहेको छ ।

Muktinath Bank

तीन दिन अघि मात्रै उक्त स्थानमा बस्ती सरेर राउटे आइपुगेका हुन् । उनीहरू हुलका हुल बाँधेर भेरीगंगा नगरपालिकाको छिन्चु बजारमा जान थालेपछि कोरोना विरुद्धको लडाई लडिरहेको नगरपालिकाको ध्यान राउटे तिर मोडियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरप्रमुख भुपेन्द्रबहादुर चन्दसहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोली मंगलवार छिन्चु खोलामा जनचेतना अभिवृद्धि गर्न भनेर पुगे । तर त्यहाँ पुग्दा मुख्य मुखिया मैनबहादुर शाहीले आफू नेपालकै राजा भएको बरु नगरप्रमुख केही स्थानको मात्रै राजा भएको बताउँदै स्थानीय ‘राजा’ले दिएको निर्देशन नमान्ने घोषणा गरे ।


Advertisment
Nabil box
Kumari

‘हामी आफ्नै संस्कृति अनुसार चाल चलन अनुसार र नियम अनुसार अघि बढ्छौं । हामी नेपालकै राजा हौं,’ नगर प्रमुखले राउटे मुखियाको भनाइलाई उद्धृत गर्दै लोकान्तरसँग बुधवार विहान भने, ‘हामी यहाँहरूले भनेको कहाँ मान्छौं र ?’ नगरप्रमुख चन्दले कोरोनाले सन्त्रास बढाएका कारण तपाईहरू बाहिर नजानुस भनेर भन्न आएको बताए ।‘

Vianet communication
Laxmi Bank

मैले उहाँहरू सबैलाई राखेर बस्तीमा नै बस्न, अरुसँग नहिड्न, जता पायो त्यतै नजान, साबुन पानीले हात बारबार धुन आग्रह गरें,’ उनले भने, ‘उहाँहरूलाई शौचालयको प्रयोग गर्न पनि सुझाव दिएँ । मुखिया शाहीले पनि शौचालयको प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । हामीहरूले अस्थायी शौचालय भएपनि बनाइदिन लागेका छौं,’ उनले राउटेहरूलाई सम्झाउँदै भने,‘तपाईहरूलाई एक ठाउँमा बसाल्ने भनेका छौं । बाहिर नजानुस, खाद्यको व्यवस्था हामी गर्छौं । नियमित रुपमा साबुन पानीले हात धुनुस । त्यसकालागि टुटी भएको बाल्टी दिएका छौं । यसको धेरै भन्दा धेरै प्रयोग गर्नुस् । तपाईहरू अधिराज्यका राजा हौं भन्नु हुन्छ । कम्तिमा आफ्ना नागरिकको ज्यान जोगाउन सहयोग गर्नुस । देशमा व्यापक कोरोना आएको छ बाहिर नगइदिनुहोला । यतै बस्नुस । सरसफाईमा ध्यान दिनुहोस भनेर भनियो ।’

उनले त्यति भनेपनि नगरप्रुमख चन्द भने उनीहरू भनेको मानलान भन्नेमा विश्वस्त भने छैनन् । ‘त्यति सम्झाएर आएको थिएँ तर पनि उहाँहरू छिन्चु आउनुभएछ । ढिपी नछोड्दा रहेछन्,’ उनले भने, ‘प्रहरीलाई सम्झाउन भनेका छौं । नसम्झे वा भनेको नमाने शक्ति प्रयोग गरेर भएपनि उनीहरूलाई त्यहि बस्न बाध्य पार्छौं ।’

वर्षमा एक पटक मात्रै नुहाउने, खुल्ला दिसा–पिसाव गर्ने, सरसफाईमा ध्यानै नदिने यो समुदाय कोरोनाको उच्च जोखिममा छ । ‘राउटे समुदायमा कोरोना संक्रमण भए अन्य समुदायमा त्यसको असर तत्कालै फैलिने देखिएको छ,’ उनले भने, ‘त्यसैले सरसफाईसँगै बाह्य व्यक्तिहरूलाई बस्ती प्रवेशमा रोक लगाएका छौं ।’

काठका भाँडावर्तन बनाउने राउटे समुदाय दैनिक गुजाराका लागि व्यक्तिका घर–घरमा पुग्ने गर्छन् । विरामी हुँदा उनीहरू औषधि–उपचार गर्दैनन् । नगरपालिकाले एक महिनाका लागि खाद्यान्नको जोहो गरिदिन प्रदेश सरकारलाई अनुरोध गरेको छ । 

यसरी राउटे समुदायलाई लकडाउन भएको अवस्थामा एकै स्थानमा राखन चुनौती देखिएको छ । नगरपालिका, स्थानीय प्रशासनले राउटे समुदायलाई घर भित्रै राख्न कसरी सक्ला त्यो भने हेर्न बाँकी रहेको भेरीगंगा नगरपालिका ६ का कमल न्यौपानेले बताए । ‘नगरपालिका र स्थानीय प्रशासनले आफ्ना मतदाता नागरिकलाई त घर भित्र राख्न सकिरहेको छैन,’ उनले भने, ‘जंगलका राजा हौं भन्नेहरूलाई कसरी कोरोनाको संक्रमण हुनबाट जोगाउला ? कसरी उनीहरूलाई बजार आउनबाट र अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा राख्न सक्ला, सम्भावना कम देखेको छु ।’ यद्यपी स्थानीय सरकारले यहि अवसर पारेर उनीहरूलाई नियन्त्रण गर्न सकेको खण्डमा राउटेको जीवनशैलिमा सुधार आउनु सक्ने धारणा राखे ।

राउटे समुदाय अहिले मदिराको पर्याय बनिसकेको समाचार सञ्चारमाध्यममा आइसकेका छन् । उनीहरूलाई कुलतबाट बचाउन भएपनि राउटे बस्तीमा लकडाउनलाई कडाइका साथ लागु गर्नुपर्ने नेकपाका जिल्ला नेता मोहन बडुवाल बताउँछन् । ‘उनीहरूमा अधिकांशले मदिरा सेवन गर्दै आइरहेका छन् । उनीहरूको जीवन नै धरापमा परिरहेको अवस्थामा उनीहरूलाई सुधार गर्ने एक स्वर्णिम मौकाको रुपमा लकडाउनलाई प्रयोग गर्न सकिन्छ ।’  उनले भने, ‘उनीहरूलाई कोरोनाबाट जोगाउन र कुलतबाट बचाउन स्थानीय प्रशासनले ध्यान दिन आवश्यक छ । बल प्रयोग गरेर भएपनि उनीहरूलाई सुधार्न आवश्यक छ ।’

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले राउटे समुदायले पनि लकडाउन मान्नु पर्ने बताए । ‘कोरोनबाट सबै नागरिक बचुन् भन्ने उदेश्यका साथ देशै लकडाउन भएको हो । यसलाई कडाइका साथ लागू गर्न सरकार लागि परेको छऽ’ उनले भने, ‘यस अवधिमा उनीहरूलाई अत्यावश्यक पर्ने खाद्य सामाग्रीहरू अन्य निकायसँगको सहकार्यमा बस्तीमै पुर्‍याउँछौं तर उनीहरूलाई बाहिर जान नदिने गरी अघि बढ्छौं ।’

राउटे समुदायलाई कडाइ गर्न सकेको खण्डमा उनीहरूलाई कुलतबाट पनि मुक्त गर्न सकिने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x