×

NMB BANK
NIC ASIA

क्‍वारेन्टाइनमा राख्‍नै मुस्किल

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतबाट पछिल्ला दिनहरूमा फर्केकालाई सम्बन्धित जिल्ला र पालिकामै क्वारेन्टाइनमा राख्ने निर्णय कार्यान्वयन गर्न मुस्किल देखिएको छ । भारतबाट गौरीफन्टा नाका हुँदै मंगलबार नेपाल भित्रिएका १ हजार १७ जनालाई प्रदेश सरकारले राति सम्बन्धित जिल्लामा पठाएको थियो ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र पालिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनिएकामा अधिकांशले बस्नै नमानेको जिल्ला स्वास्थ्य कार्यालयहरूले जनाएका छन्। सशस्त्र प्रहरीको धनगढीस्थित ३४ नम्बर गणका अनुसार चैत ६ देखि ११ सम्म भारतका विभिन्न सहरबाट कैलालीका विभिन्न नाका हुँदै ५२ हजार ५ सय ८७ जना नेपाल भित्रिएका छन्।

Sagarmatha Cement
Muktinath Bank

कतिपयले क्वारेन्टाइनमा बस्न नमानेको खबर आएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। ‘सबै पालिकालाई अनिवार्य रूपमा क्वारेन्टाइन बनाउन भनेका छौं,’ उनले भने, ‘तर धेरैजसोले क्वारेन्टाइनमा बस्नै नचाहेको जानकारी आएको छ। त्यस्तो अवस्थामा सुरक्षा निकायसँग समन्वय गरेर भए पनि उनीहरूलाई त्यहाँ राख्नुपर्छ भनेर सर्कुलर गरेका छौं।’

‘भारतबाट पालिकामा आएकाको संख्या कति हो भन्ने यकिन हुन सकेन,’ बाजुराको बूढीगंगा नगरपालिका प्रमुख दीपकविक्रम शाहले भने, ‘संख्या यकिन भएपछि क्वारेन्टाइन तयार गर्ने कुरा त छ। तर हामीलाई जानकारी भएका कतिपय भने क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन्।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैतडीमा दुई दिनमा भारतबाट ९० जना भित्रिएका छन्। जिल्लाको मुख्य झुलाघाट नाका बन्द भए पनि, मेलौली नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा महाकाली नदी तरेर उनीहरू आएका हुन्। ट्युबबाट तरेर आएका उनीहरूमध्ये अहिलेसम्म ३५ जनालाई मात्रै क्वारेन्टाइनमा राखिएको छ। अन्यको तथ्यांक संकलन गरेर सम्बन्धित पालिकाको जिम्मा लगाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए। उनका अनुसार २२ जनाभन्दा बढीलाई जिल्ला सदरमुकामको जगन्नाथ बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइनमा राखिएको छ।


Advertisment
Nabil box
Kumari

पञ्चेश्वर गाउँपालिकाले पनि भारतबाट फर्केर पालिएकामा आएका ३ जनालाई एक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनका राखिएको जनाएको छ। गत सातासम्म भारतबाट आएका २ हजार ३ सय ६ जना भने आफ्नै घर गएका छन्।

Vianet communication
Laxmi Bank

केही दिनअघि धनगढीबाट आएकी दशरथचन्द नगरपालिकाकी एक महिलालाई उच्च ज्वरो देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको छ। मंगलबार महाकालीमा ट्युब तरेर आएका ५ जनामध्ये एकमा उच्च ज्वरो देखिएको बैतडी अस्पताल प्रमुख डाक्टर वसन्तराज जोशीले बताए। जिल्लाबाट दुई जनाको नमुना जाँचका लागि काठमाडौं पठाइएको छ। रिपोर्ट नआउँदासम्म उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिने जोशीले बताए।

डोटीका ९ वटै स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था मिलाएका छन्। जनप्रतिनिधि, प्रशासन र नागरिक समाजको लामो प्रयासपछि भारतबाट फर्किएकाहरूलाइ क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। बुधबार घर आइपुगेकाहरूलाई स्थानीय तहले ओढ्ने ओछ्याउने व्यवस्था गरे पनि खाना र शौचालयको प्रबन्ध मिलाउन कठिनाइ भइरहेको केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले बताए।

दिपायल राजपुरस्थित डोटी सभाहलमा बुधबार केआईसिंह गाउँपालिकाका ११ र दिपायल सिलगढी नगरपालिकाका २२ गरी ३३ जनालाई राखिएको छ। राजपुरमा निर्माणधीन डोटी सभाहलको भुइँतलामा दिपायल सिलगढी नगरपालिकाका, माथिल्लो तलामा केआईसिंह गाउँपालिकालाई छुट्टाछुट्टै राखिएको छ। उनीहरूलाई सम्बन्धित स्थानीय तहले बाहिरबाट नै खाना पकाएर सभाहलमै खुवाउने व्यवस्था गरेका छन्।

शिखर नगरपालिकामा ७२ जना आइपुगेका छन्। उनीहरूलाई स्थानीय विद्यालयमा राखिएको नगरप्रमुख सीताराम जोशीले बताए। आदर्श गाउँपालिकाका ५६ जनालाई वडामै क्वारेन्टाइन व्यवस्था गर्न बुधबार दुईवटा बसमा लगिएको छ। मंगलबार आइपुगेका ११ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ। बोगटान गाउँपालिकाका ३३ जनालाई दिपायलको बसपार्कमा राखिएको छ। ‘महिला र बालबालिका रहेकाले उनीहरूलाई खाना खुवाएर बसपार्कमै राखिएको हो,’ गाउँपालिका अध्यक्ष कमल गड्सिलाले भने, ‘उहाँहरूलाई गाडीको प्रबन्ध गरी सम्बन्धित वडाको क्वारेन्टाइनमा पुर्‍याइनेछ।’ बोगटान गाउँपालिकाका १६ जना बड्डीकेदार पुगेका थिए। उनीलाई त्यहाँबाट फिर्ता गरिन लागेको छ।

सायल गाउँपालिकाका–५, पूर्वीचौकीमा २ र जोरायलमा एक जना भारतबाट आइपुगेका छन्। उनीहरूलाई वडा कार्यालयमा राखिने भएको छ। बुधबार पुगेकाले क्वारेन्टाइनमा बस्न आनाकानी गर्दै आइरहेका छन्। उनीहरूहरू आफू संक्रमित नभएको दाबी गर्दै आएका छन्। क्वारेन्टाइनमा बस्दा कोही संक्रमित भए सबैलाई सर्ने डर भएकाले आफूहरूलाई घरमै सुरक्षित राख्ने व्यवस्था मिलाइदिन आग्रह गरिरहेका छन्।

अछाममा सीमामा अलपत्र भएपछि गृह जिल्ला पठाइएका ३९ जना यात्रुलाई मंगलसेनस्थित साविकको कृषि विकास कार्यालय भवनको क्वारेन्टाइनमा राखिने भएको छ। लकडाउनपछि भारतबाट अछाम आएकालाई मंगलसैनमा नै राख्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। ‘सम्बन्धित स्थानीय तहको जिम्मा लगाउँदा बीच बाटोबाटै हराउने सम्भावना भएकाले मंगलसैनमा नै राख्ने व्यवस्था गर्दै छौं,’ उनले भने, ‘धेरैपछि घर फर्केकाहरू गाउँमा जान चाहने भएकाले भेटभाट गर्ने, चहलपहल बढेर भीडभाड गर्ने सम्भावना धेरै हुन्छ।’

चैत ५ देखि १० सम्म चौखुट्टे, बेलखेत र साँफेबगर एयरपोर्टबाट आएका ३ हजार ८ सय ९१ मध्ये ४२ जनालाई ज्वरो देखिएको स्वास्थ्य प्रमुख झनक ढुंगानाले बताए। उनीहरूमध्ये धेरै जनासँग सम्पर्क नम्बर नभएकाले पछिल्लो अवस्थाबारे जानकारी लिन कठिन भएको उनले बताए। ‘भारतबाट आएका अधिकांशको फोन नम्बर नभएकाले समस्या भएको छ। ज्वरो देखिएका यात्रुहरू ठेगाना सबै राखेर सम्बन्धित तहका स्वास्थ्य संयोजकलाई जानकारी गराएका छौं,’ उनले भने, ‘जनचेतनाका गतिविधि बढाउन स्थानीय तहलाई आग्रह गरेका छौं।’ पछिल्लो साता मात्रै भारतबाट १५ हजार जनाभन्दा बढी अछाम भित्रिएका छन्।

मंगलबार साँझ घर फर्केका बझाङका १ सय ८३ जनालाई जिल्लाका विभिन्न स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छन्। बझाडका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार प्रदेश सरकारबाट क्वारेन्टाइन व्यवस्थापनका लागि प्रत्येक पालिकालाई ५/५ लाख पठाइने भएको छ। ‘सोही रकमबाट स्थानीय तहले क्वारेन्टाइनको व्यवस्थापन गरिरहेका छन्,’ उनले भने, ‘मंगलबार सीमामा अलपत्र परी घर फर्केकाहरूलाई बझाङका स्थानीय तहले उनीहरूकै गाउँको विद्यालयमा क्यारेन्टाइनको व्यवस्था गरेको हो। उनका अनुसार वित्थड चिर गाउँपालिकाले भने स्वास्थ्य संस्थाको निर्माणाधीन भवन प्रयोग गर्ने भएको छ। कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x