×

NMB BANK
NIC ASIA

कोरोना नियन्त्रणमा नेपाललाई चीनको साथ : एक साताभित्र स्वास्थ्य सामग्री पठाउने तयारी

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना नियन्त्रणका लागि नेपालले मागेका स्वास्थ्य सामग्री चीनले एक साताभित्र उपलब्ध गराउने सन्देश पठाएको छ । भारतले सहयोग गर्ने सकारात्मक जवाफ दिए पनि समय भने तोकेको छैन । 

Muktinath Bank

नेपाल सरकारले मेडिकल सामग्री, एम्बुलेन्स, पोर्टेबल भेन्टिलेटर, अक्सिजन प्लान्ट, टेस्टिङ किट्सलगायतको सूची एक साताअघि चीन र भारत सरकारलाई बुझाएको थियो । भारतका विदेशमन्त्री एस जयशंकर र चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वांग यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बेग्लाबेग्लै टेलिफोन संवादमा सहयोगको प्रस्ताव गरेपछि काठमाडौंस्थित राजदूतावासमार्फत सूची पठाएको थियो । परराष्ट्र मन्त्रालयले थप समन्वयका लागि बेइजिङ र दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनका लागि कार्यबाहक नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपाल सरकारले पठाएको सहयोगको सूचीका विषयमा बेइजिङमा आफूले निरन्तर फलोअप गरिरहेको जानकारी दिए । उनले मंगलबार टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘मैले चिनियाँ सम्बद्ध अधिकारीसँग केही दिनअघि सम्पर्क गरेको थिएँ । नेपालले पठाएको सूचीअनुसार सामग्री संकलन र मोबिलाइजेसन गर्दै छौँ भन्ने जवाफ आएको छ । साता–दश दिन लाग्न सक्छ भनिएको छ । चीनले विभिन्न सहरबाट सामग्री संकलन गर्ने र एयर लिफ्टबाट नेपाल पठाइदिने जवाफ दिएको छ ।’


Advertisment
Nabil box
Kumari

परराष्ट्र मन्त्रालयले स्वास्थ्य मन्त्रालयले तयार गरेको सूची काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत बुझाएको थियो । चीनसँग नेपालले २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, २० हजार थान एन ९५ मास्क, सय थान पोर्टेबल भेन्टिलेटर, दुई हजार थान मोनिटर, २० थान एबिजी मेसिन, सात थान एम्बुलेन्स, १० हजार थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन मागेको छ । त्यस्तै, दुई हजार थान पिसिआर किट्स, एक हजार थर्मल थर्मोमिटर, १० थान थर्मो स्क्यानर र पाँच थान मोबाइल एम्बुलेन्स मागेको छ । 

Vianet communication
Laxmi Bank

चिनियाँ कम्पनीले दियो दुई हजार थान किट्स

चीनको बेइजिङ साभन्त बायो टेक्नोलोजीले नेपाललाई दुई हजार थान कोरोना भाइरस जाँच्ने किट्स सहयोग गरेको छ । कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले करिब ३६ लाख रुपैयाँ (तीस हजार अमेरिकी डलर) बराबरका ती किट्स बुधबार बेइजिङस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत सुशीलकुमार लम्साललाई हस्तान्तरण गरेका छन् । किट्स ल्हासा पठाएको छ । त्यहाँबाट नेपाली महावाणिज्य दूतावासले चाँडै स्थलमार्गबाट नेपाल ल्याउने प्रबन्ध गर्नेछ । हस्तान्तरण समारोहमा बेइजिङ नगरपालिकाका वाणिज्य ब्युरोका थान छङ्हाइ र बेइजिङ–काठमाडौं अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिओ जिआन्ली पनि सहभागी थिए । यो सहयोगलाई दूतावासले नेपाल–चीन मैत्रीको उत्कृष्ट उदाहरण भनेको छ ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x