कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको पहिचान गरी होम क्वारेन्टाइनमा राख्न शुरू गरिएको छ ।
शिवालय गाउँपालिकाका–४ र भेरी नगरपालिकाका–११ र १३ मा गरी १८ जनालाई होम क्वारेन्टाइनमा राखिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । त्यस्तै ११ र १२ नं वडामा समेत केही सर्वसाधारण भारतबाट आएको सूचना प्राप्त भएकाले उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राख्ने काम शुरू गर्न लागिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो ।
अन्य स्थानीय तहमा समेत भारतबाट मानिस आएको सूचना प्राप्त भएकाले सोको पहिचान गरी होम क्वारेन्टाइनमा राख्ने काम जारी रहेको उहाँको भनाइ छ ।
विदेशबाट आएकाको लगत सङ्कलन शुरू
कोरोनाबाट जोगिन तथा जोगाउनका लागि जिल्ला प्रशासन कार्यालयको आग्रहमा सबै स्थानीय तहले विदेशबाट आएकाको लगत सङ्कलन शुरू गरिएको छ । जिल्लाका सबै पालिकामा को–कहाँबाट आएका हुन्, सबैले सूचना दिएर सहयोग गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकामा भारतबाट आएका स्थानीयवासीलाई पहिचान गरी होम क्वारेन्टाइनमा राख्ने काम शुरू भइसकेको छ । त्यस्तै विभिन्न जिल्लाबाट आएर जाजरकोटमा अलपत्र परेका २० जनाको उद्धार गरी सम्बन्धित ठाउँमा पठाउने कामसमेत भएको छ । डोल्पाका मात्र २० जनालाई सुरक्षित तरिकाले पठाएको प्रजिअ पन्तको भनाइ छ ।
क्वारेन्टाइन निर्माण कार्य तीव्र
जिल्लाका सात स्थानीय तहले स्वास्थ्य सहायता कक्ष स्थापनादेखि क्वारेन्टाइन निर्माणका कामलाई तीव्रता दिएका छन् ।
बाँचौँ र बचाऔँ भन्ने मूल ध्येयका साथ कुनै कसर बाँकी नराखी काम गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए।
सीमानाकामा झनै कडा गरिएको शाहको भनाइ छ । नलगाड नगरपालिकाले रुकुमपश्चिमको आठविसकोट चिसापानी बीचमा स्वास्थ्य सहायता कक्ष स्थापाना गरी काम शुरू गरिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए। जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएकाले औषधि आपूर्तिका लागि स्वास्थ्य सेवा कार्यालयबाट औषधि लिएर आफू जान लागेको पत्रकार रेशमबहादुर खड्काले जानकारी दिए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...