पाकिस्तानमा कोरोनाबारे रिपोर्टिङ गर्ने ३ पत्रकार संक्रमित, बाँकीलाई क्वारेन्टाइन पठाइयो

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड १९ संक्रमितका बारेमा समाचार खोज्ने क्रममा पाकिस्तानका ३ जना पत्रकार पनि संक्रमित भएका छन् ।

न्यूज २४ एचडी टिभीका दुईजनासहित थप एकजनामा कोरोनाको संक्रमण देखिएको हो ।


Advertisement

स्थानीय प्रशासनले तीनै जनाको नाम खुलाएको भने छैन । उनीहरू पाकिस्तानको लाहोर र पूर्वी पन्जाबमा कार्यरत थिए ।

स्वास्थ्य सुरक्षा उपकरण नलगाई फिल्डमा गएकाले कोरोना संक्रमित भएको स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।


Advertisement

न्यूज २४ टिभी च्यानलका कार्यकारी निर्देश मोहसिन नाकभीले अन्य पत्रकारहरूको पनि परीक्षण हुने बताए । ‘हामीले सबैलाई क्वारेन्टाइनमा बस्न भनेका छौं, आवश्यकता अनुसार उनीहरूको परीक्षण हुन्छ,’ उनले भने ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्