×

NMB BANK
NIC ASIA

कोरोना कहरलाई बल्झाउँदै जिद्दी मान्छेको शहर !

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मुख्यमन्त्री शङ्कर पोखरेलले दैनिक सार्वजनिक आह्वान गर्दै घरभित्रै बस्न जनतालाई बारम्बार आग्रह गरिरहेका छन् । उनले लकडाउनको उल्लघङ्न नगर्न बारम्बार अनुरोध पनि गरेका छन् ।

Muktinath Bank

उनले बुधवार  अपील गर्दै लेखे, 'शहरी आवास क्षेत्रका टोल विकास संस्थाले स्थानीय सुरक्षा निकायको सहयोगमा आफ्नो टोलभन्दा बाहिरका व्यक्तिलाई आउनबाट रोकौँ । टोलका बासिन्दाहरु पनि बाहिर नजाऊँ । खाद्यान्न र तरकारीको व्यवस्था टोलकै पसलहरुमा मिलाऔँ । कोरोना भाइरसबाट जोगिन सामाजिक र व्यक्तिगत दूरीलाई निरन्तर कायम राखौँ । अत्यावश्यक कामका लागि बाहिर जानु नै परेमा स्थानीय सुरक्षा निकायको अनुमति लिएर मात्र जाऔँ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चौबिस घण्टामा १८ घन्टाभन्दा बढी कोरोनाको जोखिम र त्यसको पूर्वतयारी सम्बन्धमा योजना बनाउँदै स्थलगत अध्ययन अनुगमनमा हिँडिरहनुभएका पोखरेल चिन्तित हुनु पनि स्वाभाविक हो । बाह्र जिल्ला रहेको प्रदेश नं ५ को बर्दिया, नेपालगञ्ज, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी भारतसँग सीमा जोडिएको क्षेत्र हो । भारतमा जनता कर्फ्यू लागेपछि सीमावर्ती शहरबजारमा त्यसको प्रभाव पर्नु स्वाभाविक भए पनि प्रदेशको पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, रुकुममा भन्दा तराईका जिल्लामा मान्छेहरुको बलमिच्याईं र बढी ओहोरदोहोर गरिएको प्रशासनको ठम्याइ छ ।
  
एकातिर भारतसँग खुल्ला सीमा र अर्कोतिर शहर बजारका मान्छेहरुको जिद्दीपनले पनि सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र प्रहरी प्रशासनको आग्रहलाई समेत चुनौती दिइरहेको छ । केही शहरीया मानिसले  जिद्दी गरिरहेका छन् जसको दृष्टान्त बुधबार दिउँसो भैरहवामा देखियो । भैरहवाको मिलनचौकमा लकडाउनको अवेज्ञा गरेको भन्दै काममा खटिएका प्रहरीले केही साइकलचालकलाई सडकमै कारवाही गरेका छन् । शहर बजार जिद्दी मान्छेको क्रीडास्थल बन्न थालेको भन्दै नागरिक सचेतना फैलाउँदा फैलाउँदै पनि जिद्दी गर्नेहरुलाई कारवाही गर्नुको विकल्प नभएको शिक्षाशास्त्री रायमाझीले बताए । उनलेभन्नुभयो, 'सकेसम्म घरमै बस्ने, नसके एकाघरभन्दा यताउता नगर्ने भनेर यतिका प्रचारप्रसार गरिएको छ तर मान्छेहरु तरकारी किन्ने, बजार गर्ने भन्दै अन्य बन्द हड्तालको समयमा झैँ अटेर गरी हिँडिरहेका छन् । यो गलत हो ।' उनलेयतिबेला आफूखुसी हिँड्ने मान्छेलाई कानूनी कारवाही गर्न कन्जुस्याईँ गरेम त्यसले विकराल रूप लिनसक्ने बताए । 


Advertisment
Nabil box
Kumari

जिद्दी मान्छेकै कारण समाजमा सङ्कट निम्तिने समाजशास्त्रका जानकार थानेश्वर पाण्डेले तर्क गर्नुभयो । उनलेभन्नुभयो, 'प्रहरीको आँखा छल्दै दौडधुप गर्ने र लुकिलुकी पसल खोल्ने यो अन्य बेलाको बन्द र निषेधाज्ञाको समय होइन, यतिबेलाको प्रसङ्ग फरक छ । यो महासङ्कटको समय हो ।' उनलेमानिसले बुझेर पनि बुझ पचाइरहेको भन्दै त्यस्ता मान्छेलाई हदैसम्मको कारवाही गर्नुपर्ने बताए । 

Vianet communication
Laxmi Bank

कोभिड–१९ लाग्यो भने आफू पनि मर्ने, परिवार पनि मार्ने, छरछिमेक पनि खतरामा पर्ने, अस्पतालमा भर्ना हुँदा आफन्तले भेट्न पनि नपाउने र अन्तिम सद्गत गर्दा मलामी पनि जान नपाउने बाध्यता रहेको उल्लेख गर्दै पाण्डेले वर्तमान विश्व परिवेशमा मानव जातिलाई चुनौती दिने कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन ‘सेल्फ क्वारेन्टाइन’ नै भएको बताए । 

विश्वमा लकडाउनलाई उल्लघङ्न गर्दा इटालीले ठूलो क्षति ब्यहोरिरहेको छ । शुरुआतमा पाँच जनामा देखिएको कोभिड–१९ त्यहाँका नागरिकले वेवास्ता गरी हिँडडुल गर्दा आज इटाली तहसनहस जस्तै भएको छ । बेलायतका राजकुमारलाई समेत कोरोनाले छोएको खबर प्राप्त भएको छ । छिमेकी मुलुक भारतमा २१ दिनको पूर्ण लकडाउन लगाइएको छ । कोरोनाको उद्गमस्थल चीनमा अनुशासनकै कारण भाइरस नियन्त्रणमा आएको हो । हाम्रो देशमा सरकारी निर्देशनको अवेज्ञा गर्दै गाउँमा भन्दा शहरमा मान्छेहरु लर्को बाँधेर किनमेल र घुमघामका लागि हिँडिरहनु गलत भएको नागरिक अगुवाहरुको तर्क छ । 

स्थानीय वडा सरकारको निगरानीमा टोलस्तरमा खाद्यान्न र अत्यावश्यक वस्तु किनमेल गर्ने प्रबन्ध गरेमा पनि भीड नियन्त्रणमा सहज हुने नागरिक अगुवाको सुझाव छ । लकडाउनका कारण दिनभर सुनसान भएको भैरहवा बजार साँझपख भने मान्छेहरुको हुल देखिन्थ्यो । मान्छेहरु तरकारी बजार र किराना पसलमा भीड लागेका थिए । कयौँ युवा युवती साँझपख बजारमा टहलिरहेका थिए । उनीहरु रमाइलो मान्दै हिँडिरहेका पनि देखिन्थे । विगतका बन्द हड्तालको बेला साइकल, मोटरसाइकल, कार चलाउँदा बन्दको उल्लघङ्न गरेको भन्दै ‘हिम्मतवाला’, ‘ठूलो मान्छे’, ‘साहसी मान्छे’, भन्ने उपमा पाएकाहरु पनि यतिबेला सोही शैलीमा आफ्नो रवाफ देखाउँदा प्रहरीलाई सम्झाईबुझाई गर्न धौधौ भएको छ । 

रुपन्देही प्रहरीले सरकारी आदेशको अवज्ञा गरी सवारी चलाएको आरोपमा ११२ मोटरसाइकल, आठ स्कुटी, एक कार र सात साइकल नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रवक्तासमेत रहनुभएका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए । उनलेभन्नुभयो, ‘मान्छेहरुको जिद्दीपन देख्दा आश्चर्य नै लाग्छ । चौतर्फी प्रचारप्रसार गर्दा पनि अटेर गरिरहेका छन् ।'नरेश के.सी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x