'लक-डाउन'का कारण नेपाल भित्रिने गाडीको संख्यामा भारि गिरावट

नेपाल र भारत दुुवै देशमा ‘लक डाउन’ भन्सार नाकाबाट भित्रिने गाडीहरुको संख्यामा भारी गिरावट आएको छ ।

नेपालको दोस्रो ठूूलो नाका बेलहिया (सुुनौली) बाट दुुई दिनमा जम्मा २२६ वटा मालबहाक र इन्धनका गाडी नेपाल भित्रिएका हुुन् ।


Advertisement

अन्य सामान्य अवस्थामा यो नाकाबाट दैनिक पाँच सयभन्दा बढी गाडी नेपाल प्रवेश गर्थे ।  

भैरहवा भन्सार कार्यालयका प्रमुुख भन्सार अधिकृत कमल कुुमार भट्टराईले विगतको तुुलनामा धेरै कम गाडी भित्रिएको जानकारी दिए ।


Advertisement

मंगलबार ११० गाडी भित्रिएका छन । जसमध्ये इन्धनका १७ वटा गाडी छन् ।

त्यस्तै बुुधबार ८० वटा मालबहाक र ४६ वटा इन्धनका गाडी रहेको भट्टराईले लोकान्तरलाई जानकारी दिए । 

उनले भने, ‘हामीले भारतीय एसएसपीसँग छलफल गरिएको छ । नाकामा अवरोध छैन । चालकहरुलाई पनि सुुरक्षित हुुने आग्रह गरेसँगै गाडीहरु कम भित्रिएका हुुन । लकडाउन भएपछि इन्धनको खपत पनि कम छ । भण्डारण क्षमता पनि कम छ । अभाव छैन ।’ 


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्