×

NMB BANK
NIC ASIA

कोराना कहर : सहकारीले उत्पादन गर्ने दूध ढुवानी रोकियो

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९)को त्रास फैलिएसँगै बागलुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ ।

Muktinath Bank

जिल्लाको दक्षिणमा रहेका पाँचवटा दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार ५०० लिटर दूध किसानकै घरमा रोकिएको हो । नेपाल सरकारले देशनै लकडाउनको घोषणा गरेसँगै दूधको ढुवानी रोकिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दूध किसानकै घरमा रोकिएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका–१२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताए। अमलाचौरको कालीगण्डकी, नवनमुना, बानपा–१४ को नारायणस्थान, जैमिनी नगरपालिकाको पल्लोपाखा र जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले उक्त दूध उत्पादन गर्दै आएका थिए ।


Advertisment
Nabil box
Kumari

'कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि सवारी चालकहरु पनि डराए', शर्माले भने, 'हामीले पनि गर्नैपर्छ भन्न सकेनौँ ।' त्रास कम हुने समयसम्म किसानलाई घरमै खुवा (कुराउनी), पनिरलगायतका सामग्री उत्पादन गर्न भनेको उनले बताए। दूध उत्पादन गर्दै आएका किसानले भने गाईभैँसीलाई नै दूध खुवाउनु पर्ने अवस्था आएको बताएका छन् ।

Vianet communication
Laxmi Bank

पल्लोपाखा, नवनमुना, नारायणस्थान र कालीगण्डकीले एकमुष्ट दूध सङ्कलन गरेर बिक्री गर्दै आएका थिए भने जैमिनीले अलग्गै बजार पठाउने गरेको थियो । चार सहकारीले प्रत्येक दिन उत्पादन गरेको एक हजार लिटर दूध र जैमिनीले उत्पादन गर्ने ५०० लिटर दूध गाउँमै रोकिएको हो । दूध रोकिएसँगै किसानले दाना चापटको प्रबन्ध गर्नसमेत कठिन हुने बताएका छन् । 'दूध बिक्री हुन्थ्यो र पो दाना खुवाउन सकिन्थ्यो', किसान क्षमकला शर्माले भने, 'दूध नबिक्दा न दाना किन्ने स्रोत हुन्छ, न दाना ल्याउने सवारीनै चलेका छन् ।'

व्यावसायिकरूपमा दूधको उत्पादन थालेका किसानलाई ऋणको किस्ता तिर्नसमेत कठिन हुने उनीहरुको गुनासो छ । 'ऋण खोजी गाई किनेर पालिएको छ, दूध बिके किस्ता तिर्ने स्रोत बन्छ', अर्का किसान हेमराज शर्मा भन्छन्, 'गाईभैँसीलाई खुवाएको दूधबाट के प्रतिफलको आश गर्नु ।' अत्यावश्यक वस्तु भएकाले आवश्यक सुरक्षाको प्रबन्ध गरेर दूध ढुवानी रोक्न नहुने उनको धारणा छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x