कोरोनाको समस्याबाट कहिले मुक्ति पाइएला ?

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन यान्ड डेभलपमेन्ट (ओईसीडी) ले कोरोनाभाइरसको प्रकोपबाट मुक्ति पाउन संसारलाई वर्षौं लाग्ने चेतावनी दिएको छ । 

ओईसीडीका महासचिव एन्केल गुरियाले कोरोनाका कारण लागेको आर्थिक झट्का कुनै पनि आर्थिक मन्दीभन्दा निकै गम्भीर भएको बताए । 


Advertisement

विश्व यस स्थितिबाट चाँडो उम्केला भनी सोच्नु सपना जस्तो भएको उनको भनाइ छ ।

ओईसीडीले सबै देशका सरकारलाई खर्च बढाएर अत्यधिक मानिसहरूको स्वास्थ्य परीक्षण र उपचार गर्न अपील गरेको छ । 


Advertisement

कोरोना महामारी बनेमा विश्व अर्थतन्त्रको विकास १.५ प्रतिशत सुस्त हुने चेतावनी गुरियाले दिएका थिए तर अहिले त त्यसभन्दा बढी सुस्त हुने देखिएको छ ।

यसले गर्दा अनेकौं रोजगारी गुम्ने र कतिपय कम्पनीहरू बन्द हुने सम्भावना रहेको गुरिया बताउँछन् । आगामी समयमा यसले गर्दा अर्थतन्त्रमा समस्या आउने निश्चित छ । 

केही महिनामा संसारका ठूला देशमा मन्दी आउन सक्ने र लगातार दुईवटा त्रैमासिकसम्म अर्थतन्त्र भासिने सम्भावना छ । 

उनले भने, ‘संसारका अर्थतन्त्रहरूमा विकास दर बढ्ने छैन वा अझ घट्नेछ । विश्वको विकास दर मात्र कम हुने नभई भविष्यमा फेरि लीगमा आउन पनि समय लाग्नेछ ।’

गुरियाका अनुसार, कोरोनाको कहर सन् २००८ मा आएको आर्थिक मन्दी र सेप्टेम्बर ११ को आक्रमणभन्दा निकै बढी हुनेछ । 

उनले भने, ‘यसले गर्दा उत्पन्न भएको बेरोजगारीको समस्या सुल्झाउनका लागि कति समय लाग्छ अनि कतिजना बेरोजगार हुन्छन् भन्ने हामीलाई थाहा छैन । कतिपय संस्थाहरू बन्द हुन लागेका छन् । स्थिति सामान्य हुन निकै धेरै समय लाग्छ ।’

बेलायतमा कोरोनाका कारण काम गर्न नपाएका कर्मचारीको तलब नकाटिने बताइएको छ । तर यही कुरा अन्त पनि लागू गरिन्छ भन्ने छैन । 

आगामी वर्षहरूमा राजस्वमा निकै घाटा हुने र सरकारहरूले ऋण लिने स्थिति आउने चेतावनी पनि गुरियाले दिएका छन् । 

ओईसीडीले वर्तमान परिस्थितिको सामना गर्नका लागि चार तहमा कोशिश गर्ने कुरा झिकेको छ ः (१) भाइरस पत्ता लगाउन निःशुल्क परीक्षण, (२) चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीका लाथि थप राम्रो उपकरण, (३) कर्मचारी तथा काम गर्न नपाएका मानिसलाई नगद हस्तान्तरण र (४) कम्पनीहरूले कर तिर्न सकेनन् भने दिइने छुट ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्