×

NMB BANK
NIC ASIA

जलवायु परिवर्तनका कारण अन्य भाइरसको जोखिम पनि बढिरहेको वैज्ञानिकहरूको चेतावनी

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अहिले संसार कोरोनाभाइरसले आक्रान्त छ । भाइरस नियन्त्रणमा ल्याउनका लागि संसारका कैयौं देशमा बन्दाबन्दी घोषणा गरिएको छ । 

Muktinath Bank

अब पनि जलवायु परिवर्तनलाई नरोक्ने हो भने अनि वैश्विक तापक्रम बढिरहन दिने हो भने भविष्यमा अनेकौं खतरनाक भाइरसको सामना गर्नुपर्ने स्थिति आउने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्लोबल वार्मिङ अर्थात् वैश्विक तापका कारण हिमनदीहरू पग्लिरहेका छन् । शताब्दियौंदेखि हिमनदी तथा बरफका सतहमुनि खतरनाक भाइरसहरू रहेको र बरफ पग्लिँदै जाँदा ती भाइरस बाहिर आउने स्थितिमा रहेको द नेचर जर्नलको एक रिपोर्टमा उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

ती भाइरसहरू हिउँमै दबिएर मरिसके भन्ने कुनै ग्यारेन्टी छैन । शताब्दियौंसम्म उनीहरू निष्क्रिय अवस्थामा रहेर हिउँ पग्लिनेबित्तिकै निस्कने सम्भावना पनि छ । 

Vianet communication
Laxmi Bank

त्यस्ता भाइरसहरूसँग मानिसले लड्न एकदमै गाह्रो हुन्छ । हजारौं जिन भएका भाइरसलाई परास्त गर्न लगभग असम्भव हुन्छ । 

यी भाइरसहरूलाई जायन्ट भाइरस भनिन्छ । यिनीहरू ब्याक्टेरियाभन्दा पनि ठूलो हुने भएकाले यिनलाई जायन्ट (दैत्याकार) भाइरस भनिएको हो । तर यिनलाई नांगो आँखाले देखिन्न, माइक्रोस्कोपमै हेर्नुपर्ने हुन्छ । 

ब्याक्टेरियाको आकार निकै सानो हुनाले हामीले त्यसलाई माइक्रोस्कोपमा मात्र देख्न सक्छौं । अझ भाइरस त ब्याक्टेरियाभन्दा हजार गुणा सानो हुन्छ । तर जायन्ट भाइरस चाहिँ ब्याक्टेरिया जति ठूला हुन सक्छन् । तिनको जेनेटिक्सको कुरा गर्दा एक सयदेखि एक हजारसम्म जिन हुन सक्छन् । 

सन् २०१४ मा साइबेरियामा गरिएको एक अनुसन्धानमा पहिलोपटक जायन्ट भाइरस देखियो । त्यसको अर्को वर्ष पनि साइबेरियामै अर्को जायन्ट भाइरस भेटियो । यी दुवै भाइरसमा ५०० भन्दा बढी जिन पाइए । अहिलेसम्म सबभन्दा घातक मानिने भाइरसहरूमध्ये एचआईभीमा नौवटा मात्र जिन हुन्छन् । 

अनुसन्धाताहरूले यी जायन्ट भाइरस एक हजार फीटको गहिराइमा फेला पारेका हुन् । यस भाइरसलाई अमिबा नजिक लाँदा भाइरसले अमिबालाई तत्कालै संक्रमित गरायो । त्यसबाट नै अनुसन्धाताहरूले यी भाइरसहरू अहिले पनि जिउँदै छन् भन्ने थाहा पाए । 

जायन्ट भाइरसको अर्को चिन्ताजनक कुरा भनेको यिनीहरू जेनेटिक रूपमा भव्य मात्र नभई जहाँ पनि लामो समयसम्म बाँच्न सक्छन् । त्यसैले यी भाइरसहरू मानव जीवनमा आए भने निकै घातक साबित हुन सक्छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x