महिलाले जानीजानी खोकेपछि सुपरमार्केटले फ्याँक्यो ४२ लाखको खानेकुरा

अमेरिकाको पेन्सिलभेनियामा रहेको एक सुपरमार्केटमा एक महिलाले जानीजानी खोकेपछि सुपरमार्केटले ४२ लाख रुपैयाँ बराबरको खानेकुराहरू फ्याँक्नुपरेको छ । 

लुजेर्ने काउन्टीमा रहेको गेर्रिटी सुपरमार्केटका अनुसार, महिलाले स्टोरमा रहेको ताजा खानेकुरा, बेकरी, मासु तथा खाद्यान्न राखिएका ठाउँमा गएर जानीजानी खोकेकी थिइन् । त्यसपछि सुपरमार्केटका कर्मचारीहरूले सबै सामान फ्याँकेर शेल्फहरू खाली गराएका थिए । 


Advertisement

स्टोरमा सामानहरू कम हुँदै गएकोमा मानिसहरू चिन्तित भइरहेको बेलामा ती महिलाले यस्तो बदमासी गरेकी हुन् । मानिसहरूको सामानको जोहो गर्दा स्टोरहरू खाली भएका हुन् । 

ती महिला बुधवार अपराह्न २ः२० मा स्टोर पसेकी थिइन् । महिलाले विभिन्न ठाउँमा खोक्दै हिँडेपछि कर्मचारीहरूले स्टोरबाट निकालेर प्रहरीलाई खबर गरेका थिए । 


Advertisement

सुपरमार्केटका साहुले ती महिलाले जानीजानी यस्तो घिनलाग्दो काम गरेको र खानेकुरा फाल्नुको विकल्प नभएको बताए । अन्य ग्राहकको स्वास्थ्यका लागि शेल्फहरूलाई संक्रमणमुक्त बनाएको पनि उनले बताए ।

यसअघि मिसूरीमा एक मानिसले खाद्यान्न पसलमा गएर सेल्फहरूमा चाट्दै हिँडेको भिडियो सार्वजनिक भएको थियो । ‘कोरोनाभाइरसबाट को डराउँछ’ भन्दै उनले शेल्फ चाटेका थिए ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्