×

NMB BANK
NIC ASIA

कोरोना रोक्नका लागि लकडाउन नै प्रभावकारी उपाय भएको नयाँ अध्ययनको निष्कर्ष

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस फैलिन नदिनका लागि बन्दाबन्दी (लकडाउन) र यात्रामा प्रतिबन्ध नै सर्वोत्तम उपाय भएको चीनमा गरिएको एक अध्ययनले देखाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाको बोस्टनमा रहेको नर्थईस्टर्न विश्वविद्यालयका अनुसन्धाताहरूले कोरोना संक्रमणको केन्द्रविन्दुका रूपमा रहेको वुहानमा यात्रा प्रतिबन्ध प्रभावकारी रहेको पाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यात्रा प्रतिबन्ध नलगाउँदा संक्रमण बढेको भए पनि लगाएपछि भने ९२ प्रतिशतले घटेको पाइयो । 


Advertisment
Nabil box
Kumari

तर वुहान रहेको हुबेई प्रान्त बाहिर यात्रामा नियन्त्रण लगाइँदा अनि स्वास्थ्य परीक्षण र संक्रमित पहिचान गर्दा संक्रमण रोक्न सकिएको थियो । 

Vianet communication
Laxmi Bank

अनुसन्धान टोलीले यो उपाय अमेरिकाका लागि महत्त्वपूर्ण रहेको बताएको छ किनकि त्यहाँ केही राज्यले लकडाउन लगाएका छन् भने केहीले छैनन् जबकि त्यहाँ संक्रमणको मात्रा बढेको छ । 

वुहानले जनवरी ३१ सम्म यात्रा प्रतिबन्ध लगाएको थिएन । त्यस मितिभन्दा अघि हुबेई बाहिरका संक्रमितहरूमध्ये ५१५ जना वुहान पुगेको इतिहास थियो । 

तर जनवरी ३१ पछि वुहान पुगेका मानिसको केस जम्मा ३९ वटा देखियो । 

भाइरस पत्ता लागेको चार हप्ताभन्दा बढी बितिसकेपछि मात्र वुहानमा बन्दाबन्दी गरिएको थियो र त्यतिखेरसम्म धेरै ढिलो भइसकेको थियो । त्यतिखेर चिनियाँ नववर्षका लागि करोडौं चिनियाँहरू एक ठाउँबाट अर्को ठाउँमा गएका थिए । 

तर अन्य शहरहरूले तत्कालै कारवाही थाले अनि भाइरस फैलिनबाट चाँडो रोके । 

यस अध्ययनको निष्कर्ष सायन्स जर्नलमा प्रकाशित भएको छ । 

अनुसन्धाताहरूका अनुसार, यात्रामा प्रतिबन्ध लगाउँदा अन्य चिनियाँ प्रान्तहरूमा भाइरस तीव्र गतिमा फैलिन पाएन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x