कोरोनाभाइरसका कारण गिर्‍यो कोसोभो सरकार

कोसोभोका प्रधानमन्त्री आल्बिन कुर्तीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित गरिएपछि सरकार गिरेको छ । 

गठबन्धन सरकारको कनिष्ठ साझेदारले कोरोनाभाइरसको सामना गर्न कुर्तीले अपनाएको रवैयाप्रति असन्तुष्टि जनाउँदै अविश्वासको प्रस्ताव ल्याएको थियो ।


Advertisement

नयाँ सरकार गठन भएको जम्मा दुई महिनामा यस्तो घटनाक्रम विकसित भएको हो । 

राजनीतिक गतिरोध कसरी समाप्त हुन्छ भन्ने विषयमा अन्योल छ किनकि महाव्याधिका कारण निर्वाचन गर्न पनि सम्भव छैन । 


Advertisement

स्पष्ट दिशानिर्देशको अभावमा कोरोनाको कहरले कोसोभोको स्वास्थ्य प्रणाली धराशायी हुने चेतावनी चिकित्सकहरूले दिएका छन् । 

कोसोभोमा कोरोनाका ७० वटा केस पुष्टि भइसकेका छन् र एकजनाको मृत्यु भएको छ । 

राजनीतिक संकट आएपछि नागरिकहरू आक्रोशित बनेको बताइएको छ । सरकारले कोरोना फैलिनबाट रोक्नका लागि उपाय अपनाउनुपर्नेमा राजनीतिक संकट आएपछि उनीहरू आक्रोशित बनेका हुन् । 

लगभग १२ घन्टासम्म सदनमा बहस चलेपछि १२० सदस्यीय प्रतिनिधिसभामा ८० जना सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका थिए । 

विश्लेषकहरूले कुर्तीको दलले नयाँ सरकार बनाउने प्रास गर्ने सम्भावना नरहेको बताएका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्