कोरोनाको तेस्रो संक्रमित फेला परेको २४ घण्टामै ७१ जनाको परीक्षण

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

बुधवार नेपालमा कोरोना भाइरसको तेस्रो व्यक्ति संक्रमित भएपछि २४ घण्टा भित्रमा ७१ जनाको नमूना परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत्र १२ गतेसम्म कूल ६ सय ८७ जना मानिसको नमूना परीक्षण गरिएको तथ्यांक प्रयोगशालाको वेबसाइटमा उल्लेख थियो ।

तर त्यसको ठिक २४ घण्टा नबित्दै चैत्र १३ गते दिउसो अपलोड गरिएको अपडेट अनुसार कूल ७ सय ५८ जनाको नमूनाको परीक्षण गरिएको छ ।


Advertisement

चैत्र ६ गते दुबईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट आएका धादिङका एक जना ३२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण रहेको चैत्र १२ गते पुष्टि भएको थियो । ती व्यक्तिको परीक्षण गरिएको नमूना पोजिटिभ आएपछि उनी को कोसँग सम्पर्कमा रहे, ती व्यक्तिहरुको समेत नमूना संकलन गरेर परीक्षण गर्ने काम तीव्र रुपमा अगाडि बढिरहेकाले  नमूना संकलन तथा परीक्षणको दर बढेको हो ।

राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले थप परीक्षणमध्ये के कस्ता परिणाम आए भन्नेबारे जानकारी दिन चाहेनन् ।  प्रयोगशालाकी निर्देशक डा. रुना झालेसमेत सबै सुचना अब इपिडीमियोलोजी सरुवा रोग तथा नियन्त्रण महाशाखाले नै सूचना दिने लोकान्तरसँग बताइन् ।


Advertisement

इपिडीमियोलोजी सरुवा रोग तथा नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले भने , ‘अहिलेसम्म गरिएको परीक्षणमा नेपालमा ३ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।’

संक्रमित व्यक्तिनिकटको नमूना परीक्षण गर्नुका साथै काठमाडौं उपत्यकाबाहिर रहेका विभिन्न अस्पतालहरुमा संकलन गरिएका नमूनाको परीक्षण गर्ने तीव्रता बढेका कारण एकै दिनमा यति ठूलो संख्यामा परीक्षण गरिएको हो, पाण्डेले लोकान्तरसँग भने, ‘बिहिवार गरिएको ती ७१ जनाको नमूना परीक्षणमा भने नयाँ संक्रमण देखिएको छैन ।’

 

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्