लकडाउन : अस्पतालमा ट्याङ्करबाट खानेपानी वितरण गर्दै केयुकेएल

सरकारले कोरोना भाइरसको रोकथामका लागि मुलुकभर लकडाउन गरेकोमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले  उपत्यकामा  खानेपानीको आपूर्तिलाई निरन्तरता दिइरहेको दाबी गरेको छ। 

केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यको नेतृत्वमा  केयुकेएलको टीमले बिहीबार महाकाल चौर शाखा र बासबारी शाखाको निरीक्षण गरेको छ। केयुकेएलको टीमले  दुवै शाखामा खानेपानीको गुणस्तर मापन गरेको थियो। खानेपानीमा हुनुपर्ने क्लोरिनको मात्रा छ कि छैन भन्ने परीक्षण गर्दा दुवै शाखामा आवश्यक मापदण्ड रहेको प्रमुख शाक्यले बताए।


Advertisement

लकडाउनको समयमा  खानेपानीको अभाव नहोस भन्नका लागि केयुकेएलले पहिलो प्राथमिकता दिएर अस्पतालमा ट्याङ्कर मार्फत खानेपानी वितरण गरिरहेको शाक्यले जानकारी दिए।

‘लक डाउनको समयमा मान्छेलाइ चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा खानेपानी नै हो । झन हात धुन र सरसफाइ गर्न पानी नभै हुँदैन,’ उनले भने, ‘यस्तो बेलामा पनि कर्मचारीहरुले काम गरिरहेका छन्। हामीले खानेपानीको वितरण र गुणस्तर के कस्तो छ भनेर निरीक्षण गरेका हौँ। दुवै शाखामा राम्रो रहेको पायौँ।’
 


Advertisement

अहिले सुख्खा समय भएकाले खानेपानीको माग धेरै रहेको र जे जस्तो भएपनि सेवा दिइरहेको उनले बताए।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्