×

NMB BANK
NIC ASIA

पोखरामा अलपत्र ५८ फ्रेन्च नागरिकलाई विमानबाट काठमाडाैँ ल्याइयाे, स्वदेश फर्काइने

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

फ्रान्सबाट पोखरा घुम्न आएका ५८ जना फ्रेन्चहरुलाई बिहीबार पोखराबाट विमानमार्फत काठमाडौं लगिएको छ । फ्रान्सको राजदूतावासले उनीहरुलाई स्वदेश फर्काउन गरेको सो पहल गरेको हो । 

Muktinath Bank

नागरिक उड्डयन प्राधिकरण पोखरा शाखाका प्रमुख भोलाप्रसाद गुरागाईँका अनुसार विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम नेपालमा पनि बढेपछि उनीहरुलाई सम्बन्धित देशको राजदूतावासले स्वदेश फर्काउन गरेको पहलअनुसार बिहीबार बुद्ध एयरको विमानबाट काठमाडौं पठाइएको हो । उनीहरु ४ बजेर १७ मिनेटमा पोखराबाट काठमाडौंका लागि उडेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल घुम्ने क्रममा केही दिन अघि उनीहरु पोखरा हुँदै  ट्रेकिङ गएकोमा ट्रेकिङबाट फर्किने क्रममा सरकारले मंगलबारदेखि देशभर ३ लकडाउन गरेपछि उनीहरु पोखरामै अड्किएका थिए । 


Advertisment
Nabil box
Kumari

यता, पोखरा वडा ५, मालेपाटनस्थित कृषि कार्यालयको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइनमा १८ जना मानिसलाई राख्न सुरु गरिएको छ । कुल ६० बेड क्षमताको सो क्वारेन्टाइनमा ५ महिला र ११ जना पुरुष रहेको मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनीहरुको परिचय भने खुलाइएको छैन । गण्डकी प्रदेश सरकारको पहलमा सो क्वारेन्टाइन निर्माण गरिएको हो । आवश्यकता अनुसार मातृशिशु अस्पताललाई क्वारेन्टाइनको रुपमा विकास गर्न सकिने प्रदेश सरकारले जनायो । 

Vianet communication
Laxmi Bank

यस्तै, पोखरा ३, नदीपुरमा केही मानिस होम क्वारेन्टाइनमा राखिएको अवस्था छ । बेलायतबाट नेपाल फर्किएका ५ जना, दुवईबाट फर्किएका ४ जना र कतारबाट फर्किएका १ जना गरी १०  जनालाई सुरक्षित रुपमा होम क्वारेन्टाइनमै बस्ने व्यवस्था मिलाइएको पोखरा महानगरले जनाएको  छ । 

पोखरा महानगरपालिकाले पोखराको बगालेटोलस्थित लेक सिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा १ सय  र पोखराको नदीपुरस्थित पद्म नर्सिङ होमको स्वामित्वमा रहेको साविक बुद्ध अस्पतालमा ५० बेड क्षमताको क्वारेन्टाइन तयार पारेको छ । 

यस्तै, कोरोना संक्रमण व्यवस्थापनका लागि लेखनाथस्थित लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालको रुपमा विकास गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले गाउँकै एक स्कुलमा २० बेड क्षमताको क्वारेन्टाइन बनाई विदेशबाट हालै फर्किएकाहरुलाई ३ दिनदेखि राखिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x