युरोपमा मात्रै साढे दुई लाखमा  कोरोनाको संक्रमण

युरोपमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ५० हजार पुगेको छ।

युरोपेली मुलुक स्पेनमा विश्वकै दोस्रो धेरै प्रभावित देशमा परेको  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। संगठनका अनुसार स्पेनमा ४ हजार ८९ जनाको मृत्यु भइसकेको छ भने ५६ हजार १ सय ८८ जना संक्रमित भएका छन् ।  


Advertisement

स्पेनको स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ सय ५५ जनाको मृत्यु भएको छ। यसअघि बुधवार एकै दिनमा ७३८ जनाको मृत्यु भएको थियो। 

स्पेनमा मार्च १३ देखि सङ्कटकाल र लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण स्पेनमा भन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म ७० हजार जना सङ्क्रमित भएका छन् भने ७ हजार भन्दा बढिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 


Advertisement

पछिल्लो विवरण अनुसार संसारभर चार लाख ९१ हजार २ सय ५३ जना संक्रमित भएका छन् भने २२ हजार  १६५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण भएर पनि एक लाख १८ हजार ६० जना निकौ भएर घर फर्किसकेका छन् बिरामी अवस्थामै रहेका तीन लाख ३३ हजार २५९ जना अर्थात् ९५ प्रतिशत विरामीको अवस्था सामान्य रहेको छ भने १७ हजार ७६९ अर्थात् पाँच प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ। 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्