×

NMB BANK
NIC ASIA

चीनबाट स्वास्थ्य सामग्री पर्सि आइपुग्‍ने

चैत १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोना भाइरस (कोभिड–१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि शनिबारदेखि चीनबाट ल्याइने भएको छ । सरकारको पहलमा शनिबार नेपाल वायुसेवा निगमको जहाज चीनको गोन्जाओ जाने र सामग्री आइतबार बिहानसम्म नेपाल ल्याइपुर्‍याउने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए ।

Muktinath Bank

त्यसपछि व्यापारीहरू आफैंले र सरकारी पहलमा थप सामग्री ढुवानी गर्दै जाने सम्बद्ध अधिकारीहरूले बताएका छन् । एक निजी कम्पनीले आउँदो बुधबार आफ्नै पहलमा व्यापारिक प्रयोजनका लागि स्वास्थ्य सामग्री ल्याउने भएको छ ।
नेपाली व्यापारीले किनेर राखेका स्वास्थ्य उपकरण लिन नेपाली विमान शनिबार गोन्जाओ जान लागेको स्वास्थ्यमन्त्री ढकालले बताए । ‘नेपाली व्यापारीहरूले गोन्जाओमा स्वास्थ्य उपकरण भेला पारेका छन्, नेपाल एयरलाइन्सको जहाज गएर ती समान ल्याउँछ,’ उनले भने, ‘नेपाल आइसकेपछि व्यापारीबाट ती सामान हामी किन्छौं ।’ गोन्जाओ कुन विमान पठाउने भन्ने टुंगो शुक्रबार बिहानसम्म लाग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार ल्याइपुर्‍याइने सामग्रीमा कोरोना संक्रमण फैलन नदिने औषधि, एन–९५ मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), प्रयोगशालामा सामग्री, थर्मल गन, आईसीयू शय्या, संक्रमण टेस्ट गर्ने किटलगायत छन् । सुरुमा चीनकै कार्गोले सामान ढुवानी गर्ने बताइए पनि पछि नेपाली जहाज नै जाने निधो भएको हो । ‘उताको कार्गो जहाज अन्तै जाने कुरा आयो, त्यसैले नेपालबाटै जहाज पठाउने कुरा भएको छ,’ मन्त्री ढकालले भने । ती सामग्री आइतबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश प्रदेशमा पठाइने उनले जनाए ।


Advertisment
Nabil box
Kumari

कोभिड–२९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरेलले अत्यावश्यकीय स्वास्थ्य उपकरण शनिबारसम्ममा जसरी पनि ल्याउने बताएका थिए । सरकारले सुरुमा ‘जीटूजी’ बाट स्वास्थ्य उपकरण खरिद गर्ने योजना बनाएको थियो । त्यसका लागि चीन, भारतलगायत मुलुकमा प्रयास गरिए पनि सफल हुन सकेको छैन । अत्यावश्यकीय सामग्री तत्काल जरुरी पर्न थालेपछि गत मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले त्यस्ता स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय बजारबाट खरिद गरी ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको थियो । सामान ढुवानीका लागि सरकारले जहाज व्यवस्था गरिदिने निर्णय गरेको थियो ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य सामग्री ल्याउने विषयमा बुधबार साँझ व्यापारी र स्वास्थ्य सेवा विभागबीच छलफल भएको थियो । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार बुधबारको छलफलमा ३० व्यापारी उपस्थित थिए । ‘उहाँहरूले समान ल्याउने चाहना देखाउनुभएको छ,’ उनले भने, ‘व्यापारीले हामी (सरकार) र उहाँहरू आफ्नै व्यापारका लागि पनि सामान ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।’

व्यापारीहरूले चीनको गोन्जाओमा भेला पारिएका सामग्री सरकारले खरिदबिक्री गर्ने सम्झौतासमेत भइसकेको छ । ‘गोन्जाओमा उहाँ (व्यापारी) हरूले सामान जम्मा गर्नुभएकै छ, उहाँहरूले हामीलाई के–के दिने भन्नेबारे सम्झौता भएको छ,’ मन्त्री ढकालले भने, ‘त्यसका आधारमा उहाँहरूले सामान ल्याउनुहुन्छ, हामीले त्यो सामान किनिदिन्छौं र वितरण गर्छौं ।’

सम्झौतापछि बिहीबार निजी क्षेत्रका व्यापारीले सामान ल्याउन हवाईजहाजको व्यवस्था गरिदिन निगममा निवेदन दिएका थिए । निवेदनअनुसार पर्यटन मन्त्रालयले जहाजको व्यवस्था गरिरहेको छ । मन्त्री ढकालका अनुसार स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने सामग्री पहिलो प्राथमिकता हो । ‘त्यसबाहेक अरू सामान पनि अभाव पूर्ति गर्ने हिसाबले सरकारले किन्ने तयारी गरेको छ,’ उनले भने ।

सरकारले हवाई सेवा उपलब्ध गराउने निर्णय गरेसँगै अन्य व्यापारीले पनि त्यही जहाजमा आफ्ना सामग्री नेपाल ल्याइदिन सरकारसँग अनुरोध गरिरहेका छन् । नेपाली व्यापारीले चीनबाट सामान आयात गर्ने प्रमुख व्यापारिक केन्द्र गोन्जाओमा सामान किनेर राखेका छन् । ‘सम्भव भएसम्म सोही जहाजमा हाम्रो सामान ल्याउने तयारीमा छौं,’ एक व्यापारीले भने, ‘नभए अर्को जहाज चार्टर्ड गरिदिन सरकारलाई अनुरोध गरिरहेका छौं । हामी जति पनि सामान ल्याउन तयार छौं । ढुवानीमा सरकारले सहजीकरण गरिदिनुपर्‍यो ।’

गैरआवासीय संघ (एनआरएनए) ले पनि सोही जहाजमा सरकारलाई सहयोग गर्ने भनिएका सामान लोड गरिदिन अनुरोध गरिरहेको छ । एनआरएनएले सरकारलाई सुरुमा एक करोड रुपैयाँ दिने घोषणा गरेको थियो । सरकारका उच्च अधिकारीहरूले रकमको सट्टा अत्यावश्यकीय स्वास्थ्य सामग्री ल्याइदिन भनेपछि त्यसको तयारीमा एनआरएनएका अधिकारी जुटेका थिए । ‘कोरिया र चीनमा सामान खरिद गरिसकेका छौं,’ एनआरएनए अध्यक्ष कुमार पन्तले भने, ‘चीनको सामान नेपालबाट जाने जहाजमार्फत नै ल्याउने चाहना सरकारसमक्ष राखिसकेका छौं ।’ जहाजबाट सम्भव नभए अब खुला गर्ने भनिएको चिनियाँ नाकाबाट आयात गर्ने विकल्प सोचिरहेको उनले बताए । ल्याउन लागिएका सामान पीपीई, मास्क र अन्य स्वास्थ्य उपकरणहरू नै रहेको उनले बताए ।

सरकारका एक अधिकारीका अनुसार ठूला व्यापारिक घरानाहरूले पनि नेपालमा ल्याएर सहयोग गर्नका लागि त्यस्ता सामग्री ल्याइदिन सरकरासँग अनुरोध गरिरहेका छन् । यस विषयमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा राज्यमन्त्री मोतीलाल दुगडले सहजीकरण गरिरहेका छन् । ‘सरकारले ल्याउन लागेका सामान केही उद्योगी व्यवसायीकै आइडियाअनुसार हो,’ ती अधिकारीले भने, ‘हामी स्वास्थ्य मन्त्रालयसँग समन्वय गराइहेका छौं ।’ धेरै व्यवसायीले सहयोग र व्यापारका लागि सामान ल्याउने चाहना राखेको उनले बताए ।

स्वास्थ्य सेवा विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली व्यापारीलाई ल्याउनुपर्ने सामग्रीको सूची उपलब्ध गराएका थिए । ‘उहाँहरूले सहयोगका रूपमा हैन सरकारले नै खरिद गर्ने गरी यी सामान झिकाइदिनु भनेर आग्रह गर्नुभयो,’ बैठकमा सहभागी एक व्यापारीले भने, ‘हाम्रा सबै साथीले आ–आफ्नो सम्पर्क सूत्र लगाएर सामान खरिद गर्ने योजना बनायौं ।’ तर सरकारले समानान्तर रूपमा ‘जीटूजी’ प्रक्रियाबाट समेत धेरै सामग्री ल्याउने तयारी गरिरहेको भन्दै केही व्यापारी हच्किएका छन् । ‘केही समयपछि चीन र थाइल्यान्डसहित अरू सरकारहरूले सहयोग गर्दैछन् भन्ने भएपछि हाम्रा केही साथी हच्किनुभएको छ,’ ती व्यापारीले भने, ‘धेरै सामान आउँदा हाम्रा सामान थन्किने हुन् कि भन्ने हामीलाई डर भयो ।’ सामान ल्याइने प्रक्रियामा रहेको र नरहेको सूचीबारे सरकारले स्पष्ट नपारे द्विविधा हुने उनले बताए ।

सरकारसँगको पहुँचमा नरहेका तर कार्गो विमान चार्टर्ड गरिरहेका पुराना केही व्यापारी भने आफैं सामान ल्याउन जुटेका छन् । फ्ल्यास फ्रेट लजिस्टिकले आउँदो बुधबार त्यस्ता सामग्री ल्याउने तयारी गरेको छ । कार्गो विमानबाट सामान ल्याउन इच्छा हुने व्यापारीलाई बुक गराउन उसले सूचना जारी गरिसकेको छ । अप्रिल १ मा चीनको व्यापारिक केन्द्र सेन्जेनबाट सामान आयात गर्ने उसले सूचनामा उल्लेख गरेको छ । एक किलोग्राम सामान ल्याउन ८ अमेरिकी डलर (९ सय ६८ रुपैयाँ) शुल्क लाग्ने उसले जनाएको छ ।

अर्का एक व्यापारीका अनुसार अप्रिल ४ मा पनि अर्को यस्तै कार्गो विमान चार्टर्ड गर्ने तयारी भइरहेको छ । ‘नेपालमा सामग्रीको माग बढ्दै जाने र चीनमा पाउने हो भने अब यस्तो चार्टर्ड बढ्दै जान्छ,’ ती व्यापारीले भने । कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणको माग विश्व बजारभरि नै छ । त्यस्ता सामग्री खरिद गर्न सबै क्षेत्रका व्यापारीको ध्यान चीनमै केन्द्रित छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x