माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले भारतीय सीमा हुँदै प्रवेश गरेका नेपालीलाई जसरी पनि सार्वजनिक क्वारेन्टाइन वा ‘होम क्वारेन्टाइन’ मा राख्न निर्देशन दिएको छ ।
लकडाउनअघि र पछि स्थल मार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिको विवरण संकलन गरेर पठाउन पनि गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना संयन्त्रलाई निर्देशन दिएका छन् । उनीहरू क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बसे/नबसेको यकिन रिपोर्ट पेस गर्न गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयको निर्देशनपछि ७७ वटै प्रशासन कार्यालयले गाउँमा कोही नयाँ मानिस आएको थाहा भए तत्काल सुरक्षाकर्मी वा प्रशासनमा खबर गर्न पनि आग्रह गरेको छ । ‘भारतबाट आएका सबैलाई सार्वजनिक क्वारेन्टाइनमा राख्न र त्यो पर्याप्त नभए गाउँ र परिवारका सदस्यबाट टाढा रहने गरी होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई स्पष्ट रूपमा निर्देशन दिएका छौं,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘आवश्यक सहजीकरण र समन्वयका लागि स्थानीय तहहरूलाई पनि विशेष आग्रह गरिसकेका छौं ।’
नेपालमा कोभिड–१९ संक्रमित ३ जना पुगेपछि सरकारले थप फैलन नदिन पछिल्लो पटक विदेशबाट नेपाल आएकामाथि सूक्ष्म निगरानी बढाएको हो । फागुन २५ गतेबाट सरकारले भारतीय सीमा नाकाबाट भित्रिनेमाथि निगरानी राखेको थियो । चैत १० गतेसम्म करिब ६ लाख व्यक्ति नेपाल छिरेको प्रहरी र सशस्त्र प्रहरीको अभिलेखमा छ । नाकामा सामान्य ज्वरो नापेपछि प्रवेश दिइएका उनीहरू आफ्नो घर पुगिसकेका छन् । भारतबाट आउनेमा कोरोना संक्रमणको जोखिम रहेको औंल्याउँदै सरकार, स्थानीय प्रशासन र सबै स्थानीय तहमार्फत ती मानिस कहाँकहाँ पुगे भन्ने विवरण संकलन र क्वारेन्टाइनमा बसे/नबसेकोबारे अनुगमनमा जुटेको हो । भारतबाटै आएका ५० जनालाई अछाममा सामूहिक क्वारेन्टाइनमा राखिएको छ ।
नेपाली सेनाले ४१ स्थानमा, सशस्त्र प्रहरीले १ सय ६४ र नेपाल प्रहरीले १ सय ४ स्थानमा हेल्थ डेस्क राखेर भारतबाट आउनेको स्वास्थ्य परीक्षण गरेका थिए । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने ७० जनामा ज्वरो र रुघाखोकी देखिएपछि उतै फर्काइएको थियो । भारतबाटै आएका एक नेपालीमा उच्च ज्वरो देखिएपछि कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। कान्तिपुर दैनिकमा खबर छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...