बस दुर्घटनामा सहचालकको मृत्यु

बस  दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।

शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस  मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।


Advertisement

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

दुर्घटनामा परी शारदा  ८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २७ वर्षीय खेमराज बुढाथोकी र २८ वर्षीय थमन चलाउने घाइते भएको प्रहरीले जानकारी दिएको छ  ।


Advertisement

घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको र  अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडीको टायर मर्मत गर्ने क्रममा  बस दुर्घटना भएको र सडकदेखि ५० मिटर तल खसेको छ   । 

कमेन्ट गर्नुहोस्