स्मार्टले सार्वजनिक गर्‍यो लकडाउन अवधिका लागि विभिन्न सेवा

स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरूलाई घरमै बसी कोभिड–१९ को संक्रमण रोक्ने यस देशव्यापी प्रयासमा सहभागी हुन थप प्रेरित गर्दै विभिन्न सेवा तथा अफरहरू सार्वजनिक गरिएको छ ।

यस संवेदनशील घडीमा ग्राहकहरू अत्यावश्यक काम बाहेकका लागि घर बाहिर निस्कन नहुने आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न अतिरिक्त सेवाहरू ल्याएको हो ।


Advertisement

स्मार्ट टेलिकमको यस प्रयास अनुरुप अब ग्राहकहरूले २० जी.बी. को डाटा प्याक मात्र रु. ३९९ (कर बाहेक) मा प्राप्त गर्न सकिनेछ  ।

उक्त डाटा प्याक ३० दिनको लागि मान्य हुनेछ । यसको अतिरिक्त, स्मार्ट प्रयोगकर्ताहरूले हरेक डाटा प्याकको खरिदमा डबल डाटा प्राप्त गर्न सक्ने सुविधा पनि रहेको छ । साथै, यस लकडाउनको अवधिभरि हरेक रु. १०० वा बढिको रिचार्जमा विभिन्न टकटाइम, एसएमएस तथा डाटा बोनस स्वरुप प्राप्त गर्न सकिनेछ  ।


Advertisement

ब्यालेन्स रु. १ भन्दा कम भएमा अब ग्राहकहरूले ८१२९८४०३ डायल गरी रु. ४० को स्मार्ट लोन समेत लिन सकिनेछ  ।

प्रयोगकर्ताहरूलाई अत्यावश्यक काम बाहेकका लागि घरबाट बाहिर ननिस्कन प्रेरित गर्न स्मार्टले घरैबाट मोबाइल टपअप पनि गर्ने सुविधा पनि उपलब्ध गराएको छ ।

यो सुविधा सम्भव बनाउन स्मार्टले इसेवा, खल्ती, पे प्वाइन्ट तथा इनेट पे जस्ता अनलाइन पेमेन्ट एपहरूसँग समन्वय गर्दै आएको छ भने ग्राहकरुले उक्त एपहरू मार्पmत घरैबाट रिचार्ज गर्न सकिनेछ  ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्