×

NMB BANK
NIC ASIA

कोरोना भाइरस संक्रमण रोक्न विभिन्न पूर्व तयारी गरेको बुटवल उपमहानगरपालिकाले शहरलाई ‘डिस्इन्फेक्सन’ गराउन थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बुटवल उपमहानगरपालिकाले कोरोना आइसोलेसन अस्पताल, १०० कोठाको व्यवस्थित क्वारेन्टाइन, विभिन्न १६ ठाउँमा फिवर क्लिनिक समेत सञ्चालन गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले बुटवल उपमहानगरपालिकाले विभिन्न ठाउँमा इन्फेक्सनविरुद्ध औषधि छर्किन शुरू गरेको छ । वडा नम्बर ५ को बजार क्षेत्रबाट शुक्रवार बिहानैदेखि डिस्इन्फेक्सन गराउन शुरू गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

मानव स्वास्थ्यलाई असर नगर्ने खालको किटाणु मार्ने विशेष औषधि छर्किन शुरू गरिएको र यसलाई सबै वडामा पुर्‍याइने प्रमुख सुवेदीको भनाइ छ ।

Vianet communication
Laxmi Bank

बाक्ला घर र बस्ती रहेका टोलबाट यस्तो अभियान शुरू गरिएको वडा नम्बर–५ का अध्यक्ष तेजप्रसाद विश्वकर्माले जानकारी दिए । बुटवलमा बिहीवार ११३ जनाको परीक्षण भएको छ । 

रुघाखोकी लागेर र ज्वरो आएपछि कोरोनाको आशंका गर्दै उपमहानगरपालिकाका १० वटा स्वास्थ्य संस्था तथा लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउन ११३ जना पुगेका थिए । उनीहरूलाई ज्वरो क्लिनिकमा परीक्षणपछि स्वाब संकलन गरेर परीक्षण गरिएको छ । आइसोलेसनमा उपचाररतको हालसम्मको परीक्षणमा कोरोना पुष्टि भने भएको छैन । यद्यपि राष्ट्रिय प्रयोगशालाको अन्तिम रिपोर्ट भने नआइसकेको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले जानकारी दिए ।

आइसोलेनमा खटिएका चिकित्सक तथा फोकल पर्सन डा. सुदर्शन थापाले कोरोनाको लक्षण देखिएको भन्दै परीक्षणमा आएकाहरूको स्वास्थ स्थिर रहेको बताए । बुटवलको आइसोलेसन अस्पतालमा ७ जनाको उपचार जारी छ ।

यसअघि लुम्बिनी प्रादेशिक अस्पतालसहित उपमहानगरका स्वास्थ्य संस्थामा सञ्चालित ज्वरो क्लिनिकमा बुधवार एकैदिन २१७ जनाको परीक्षण भएको थियो । यीमध्ये प्रादेशिक अस्पतालमा १७ जना उपचाररत छन् भने १ जनालाई आशंका लागेर कोरोना विशेष अस्पतालको आइसोलेसनमा पठाइएको थियो ।

उनीसहित सबैको उपचार जारी रहेको र अवस्था स्थिर रहेको विशेषज्ञ थापाको भनाइ छ । उपमहानगरपालिका जनस्वास्थ्य महाशाखाका शाखा अधिकृत कुन्दनकुमार सिंहका अनुसार बुटवलका विभिन्न ठाउँमा ज्वरो क्लिनिक सञ्चालनमा छ र त्यहाँबाट प्रादेशिक अस्पताल हुँदै जटिल भएमा मात्रै आइसोलेसनमा पठाउने गरिएको छ ।

त्रसित होइन, सजग र सावधान रहन नगर आग्रह गर्दै प्रमुख शिवराज सुवेदीले नगरबासीलाई सार्वजनिक सन्देश सहितको अपिल जारी गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x