गोली लागेर स्याङ्जामा एक प्रहरी हवल्दारको मृत्यु

स्याङ्जामा गोली लागेर एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय चिसापानी स्याङजा  कार्यरत प्रहरी हवल्दार रबीन्द्र पौडेलको आज (शुक्रवार) दिउँसो गोली लागेर मृत्यु भएको हो ।


Advertisement

जिल्ला प्रहरी कार्यलय स्याङजाका प्रवक्ता प्रहरी नायब निरीक्षक (डीएसपी) नविनकृष्ण भण्डारीले प्रहरीको आन्तरिक हतियार व्यवस्थापन गर्ने क्रममा अचानक गोली लागेको लोकान्तरलाई बताए ।

डीएसपी भण्डारीले भने—‘हतियार व्यवस्थापन गर्दा अचानक गोली लागेको हो । उहाँलाई अस्पताल पठाइएको छ मृत्यु भने अझै अस्पतालले पुष्टि गरेको छैन ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्